बाबाजी बनेर देश डुलेका थिए विप्लव

बाबा, कहाँ जाना है ? सिरहाको लहानस्थित हस्पिटल चोकमा गेरूवस्त्रधारी बाबाजीलाई ईरिक्सा चालक पडरिया निवासी ललन चौधरीले प्रश्न गरे ।

जवाफ आयो – ठाडी जानु छ, पैसा कति ?

ललनले २ सय ५० रूपैयाँ भाडा लाग्ने बताए । ठाडी सिरहाको दोश्रो ठूलो नेपाल– भारत नाका हो ।

ती बाबासँगै थिए महोत्तरीको बर्दिवास, हात्तीलेट निवासी टेकबहादुर बलम्पाकी । ई–रिक्सा हुइँकिन्छ लहानबाट करिब १७ किलोमिटर दक्षिणमा रहेको ठाडीतिर । बाटामा अनेकन राजनीतिक संवाद हुन्छन् बाबा र बलम्पाकीबीच । ईरिक्सा चालक बाबाको राजनीतिक संवादले तीन चित खान्छन् ।

ठाडीसँगै जोडिएको लौकहा हुँदै ती भारत छिर्छन् । भारत छिर्ने क्रममा बाबाले नेपाल – भारतको दशगजामा रहेको सशस्त्र प्रहरीको चेकपोष्ट हेर्छन् । छेउमै रहेको डोम समुदायको सुँगरका खोरहरू हेर्छन् । त्यसपछि ‘ल कामरेड, अहिलेलाई पक्राउबाट जोगियौँ , अरू अर्काे भेटमा छलफल गरौँला’ भनेर हात मिलाउँदै भारततिर लाग्छन् ।

ती बाबा हालै सरकारसँगको वार्तामार्फत मूलधारको राजनीतिमा आएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ हुन् । र, टेकबहादुर बलम्पाकी थिए तत्कालीन विप्लव नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश २ का इञ्चार्ज । बलम्पाकीको दाबी छ – हो, सरकारले प्रतिबन्ध लगाएपछि विप्लव बाबाजीको भेषमा देश डुलेका थिए ।

बलम्पाकीका माइला दाइ बलबहादुर र साइँला नलबहादुर २०२८ सालदेखि चौमको पूर्णकालीन सदस्य थिए । र, सरकारले प्रतिवन्ध लगाएपछि विप्लव पनि केही समय हात्तीलेटमै बसेका थिए ।

प्रहरीको घेराबन्दीमा परेपछि विप्लव टेकबहादुरकै सहयोगमा बाबाजीको भेष धरेर लहान हुँदै ठाँडीबाट भारत छिरेका हुन् । तर, तिनै बलम्पाकी अहिले केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) मा केन्द्रीय सदस्य बनेका छन् । गृहमन्त्री रामबहादुर थापा (बादल) को नेतृत्वमा एमाले छिरेका २३ जनामध्ये एक हुन् ।

अनि विप्लव आए मूलधारमा विप्लवको राजनीतिक कार्यदिशा संयुक्त एकीकृत जनक्रान्न्ति थियो । यसमा सैन्य कार्यदिशा पनि थियो – तर लडाइँ लड्ने सामथ्र्य थिएन, सुसज्जित हतियार खरिद गर्न सक्ने अवस्था थिएन ।

विश्व परिस्थिति हतियार युद्धका लागि अनुकूल नभएको निचोड विप्लवले निकाले, बलम्पाकीले भने, ‘विप्लव गोञ्जालो बन्न चाहँदैनथे’। सन्तोष बराइलीको यो समाचार जनआस्थामा प्रकाशित गरिएको छ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।