कलाकार हरु लाई खोप चाहियो

बिष्णु खत्री✍

सरकार सँग जाेडदार अपिल । कलाकार राष्ट्रका गहना हुन भन्ने भनाई धेरैकाे मुखबाट सुनिन्छ।गहनाकाे आफ्नै पहिचान छ।कसैले गहना सँधै सँगै साथमा लगाएर हिडछन भने कसैले गहना बिबाह ब्रतबन्ध,भाेज,भतेर ईत्यादीमा जाँदा लगाउने अघिपछि बाकसमा थन्क्याउने गर्छन।गहनाले समाजमा धनी र गरिब बिच खाडल पैदा गरेकाे छ भने कतिकाे ज्यान लिएकाे छ।जहाँ पायाे त्यही सजिलै उपलब्ध नहुने हुँदा यसकाे मूल्य र महत्त्व बढी छ।यसकाे आफ्नै शाब्दिक अर्थ छ।कलाकार सँग जाेडिएकाे यसको अर्थ सँग भने मेराे बिमति छ।मानिसका आधारभूत आबश्यकता मध्य गास,बास,कपास र मनाेरञ्जन हुन।मेराे बिचारमा कलाकार भनेका मनाेरञ्जनका साधन नभएर समाज रुपान्तरणका सहयाेद्दा हुन।समाज परिवर्तनका संवाहक हुन।सभ्य समाज निर्माणकर्ता पनि हुन।कलाकारकाे सिकाे समाजमा धेरैले गर्न खाेज्छन।एउटा नेताकाे भाषण भन्दा कैयाै गुना बढी कलाकारकाे सृजनाले समाजका मानिसहरुमा उत्प्रेरणा जगाईरहेकाे हुन्छ।

कलाकार संस्कृतिका संरक्षक हुन।देशकाे संस्कृति संरक्षणमा कलाकारकाे मुख्य याेगदान रहन्छ।देशका पर्यटमकिय स्थल,धार्मिक स्थलकाे प्रचार प्रसारमा कलाकारकाे कलाले अहम भुमिका खेलेकाे हुन्छ।लाेपाेन्मुख संस्कृति बचाएर राख्ने अभिभारा कलाकारकाे काँधमा छ।हाम्रो जस्ताे अल्पबिकसित देशमा त झन नेतागणलाई सत्तामा पर्याउनकाे लागि जनता सँग भाेट माग्न कलाकारकाे कला खुबै प्रयाेग गरिन्छ चाहे त्याे कलाकारकाे भाैतिक उपस्थितिमा हाेस या कलाकारकाे सृजना मार्फत।बि्श्वका मानिसहरु यस समयमा काेराेनाकाे कारण चपेटामा परेकाे बेला बिडम्बनाकाे कुरा के छ भने यिनै कलाकारकाे जीवन यतिबेला बडाे दुखदायी,पीडादायी छ।कला बेच्ने समय प्रतिकुल छ।देश बिेशमा हुने कार्यक्रम ठप्प छन।मेला महाेत्सव हुने ठाउँहरु,दाेहाेरी साँझ,हलहरु सुनसान छन।।गरिखाने बातावरण छैन।

कतिले आत्माहत्या गरेका छन भने कति भाेक,प्यास राेग सँग जुधेर जीवन ब्यतित गरिरहेका छन।एकाध ब्यक्ति,केही पराेपकारी संस्थाले दिएकाे सहयाेग प्राय हात्तीको मुखमा जीरा जस्तै छ। हुँदा खानेहरुलाई हुनेखानेहरुले दिएकाे र दिए जस्ताे गरेकाे फाेटाेहरु सामाजिक संजालमा प्रशस्तै देख्न पाईन्छ ।उसाेत कतै केही ब्यक्ति वा संस्थाले यही माैका छाेपेर मागीखाने भाँडाे बनाईरहेकाे कुरा यदाकदा सुन्नमा आएका छन भने हिसाबकिताब पारदर्शिता नभएको घटना समेत बाहिर आएका छन। यस्ताे संकटकाे घडिमा कलाकारिता पेशामा आबद्ध सबैलाई राज्यको तर्फबाट निभाउने भुमिका खाेई?कलाकारनै नरहँदाकाे परिदृश्य कल्पना भन्दा बाहिर हुने हनाले भाेक,राेग र शाेक सँग जुधिरहेका कलाकारहरुलाई छिटोभन्दा छिटाे खाेप उपलब्ध गराईदिनुहुन सरकार सँग जाेडदार माग गर्दछु।उहीँ लाेकदाेहाेरी गायक बिष्णु खत्री।नाेटःलाेकदाेहाेरी सँग सम्बन्धित कुनै पनि संस्थाले याे लेखकाे अनुशरण गरि सरकार सँग पेश गर्न सक्नुहुनेछ।याे समय आफू बाँचाै र अरुलाई बचाउँ।

Related Post
लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

प्रदेश नं ५मा पहिलोपटक यो मेसिन संचालन गरिएको हो ।मेशिनको उद्घाटन अवसरमा मन्त्री बरालले ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।परिक्षणको लागि धेरै दिन कुर्नुपर्ने वाध्यताले धेरै सर्बसाधरण हरू हैरान र दिक्क भएको समाचार हरू बाहिर आई रहेका थिए।

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुव्र्यवहार प्रति ध्यानाकर्षण भएको