भौतिक विकास मा अल्झियाे स्थानिय निकाए ओझेलमा कला र साहित्य
कृष्ण अन्जान✍
आमा दिदी बहिनी हाे काति वस्छौ दासी भै शुखकाे सधै प्यासि बनेर ...
कुनै जमाना थियाे जनवादि साहित्यले जनतामा चेतना भर्दै गर्दा रुरुक्षेत्र गाउँपालिका १ थानपति चापाखर्कका एकदेव ज्ञवालीकाे निकै चर्चा थियाे ।जे बि टुहुरेले गाएकाे माथिकाे गितका रचयिता उनै एकदेव ज्ञवाली हुनुहुन्छ र वहाँका चरचित र कालजयी गित हरुकाे अहिले पनि चर्चा हुने गर्छ ।
साहित्य क्षेत्रकाे कुरा गर्दा लुम्बिनी प्रदेशका सासँद कमलराज श्रेष्ठले पनि साहित्य क्षेत्रमा धेरै कलम चलाउनु भएकाे मात्र छैन उदघाेष कविता सँग्रहका साथै धेरै साहित्यिक पत्र पत्रिकामा श्रेष्ठका जिवन्त रचना छन ।
पन्चायत कालमा कलम चलाएर चेतना छर्दै बेदना जस्ता नाटक लेख्ने कमल राज श्रेष्ठ पनि रुरुक्षेत्र का साहित्यिक अभियन्ता हुनुहुन्छ ।
त्यसाेत बिसकाे दशकमा दियालाे पत्रिका निकाल्ने चिन्तामणि गौतम हरु पनि साहित्यका पारखि हुनुहुन्छ ।
साहित्य कै कुरा गर्दा थानपति कै कृष्णप्रसाद ज्ञवालीले शिलाेँग मा बसेर लामाे साहित्य साधना गर्नु भएकाे छ भने रिडी बजारका धेरै साहित्यकार हरु काे सम्झना यतिबेला पनि सबैले गर्छन ।
राष्ट्रिय पहिचान बनाएका भागिरथी श्रेष्ठ डाक्टर राम प्रसाद ज्ञवाली , गणेश ज्ञवाली नारद ज्ञवाली कृष्ण अन्जान ज्ञवाली यसै क्षेत्रका साहित्यिक हस्ति हरु हुन ।
साहित्य सँगित र कला प्रति प्रतिवद्द जन गाएक ध्रुव ज्ञवाली लाेक गाएक ओम ज्ञवाली नन्दु परियार पवन परियार पनि यहि रुरुक्षेत्रका साँगितिक हस्ति हरु हुन ।
पछिल्लाे समय गाउँघरमै साहित्य सेवा गर्ने कलम चलाउने धेरै छन तर साहित्यिक कर्ममा लागेका हरुकाे न तथ्याँक छ न राज्यले समेट्न सकेकाे छ ।
पछिल्लो पटक साहित्य गतिविधि मा खडेरी छ साहित्यिक व्यक्तित्व हरुलाइ राज्यले र स्थानिय निकायले हेर्न सकेन खण्डकाव्य प्रकाशन गर्न लागिरहनु भएकी रुरु १ रिडीकि साहित्यकार रेणुका पन्थीकाे भनाइ छ ।
स्थानिय निकायले साहित्यिक प्रतिष्ठान बनाउँदै साहित्यकार हरुलाइ सँरक्षण गर्न सक्ने व्यवस्था छ तर ध्यान त्यता पुग्न नसक्दा साहित्यकार हरु मात्रै हाेइन साहित्यिक गतिविधि ओझेलमा छ ।
साहित्य र कलाकार लाई समेटेर यथासिघ्र साहित्य तथा कला प्रतिष्ठान गठन गर्दै साहित्यिक र कलाकारितालाइ प्राेत्साहनमा स्थानिय निकायकाे ध्यान जानू जरुरी छ ।