एकाेहाेरिए रै जीवन गयाे द्वन्द्व पिडीत आमाको
रामकृष्ण कंडेल✍
एक पटक फेरी रुरु१ च्यूरेक कि सत्तरी वर्षकी द्वन्द्व पिडीत आमाको निधनले मन भक्कानिएकाे छ ।
सधै घर बाहिर बेन्चमा बसेर एकाेहाेरिने आमा यमकला ज्ञवालीलाई साउन पाँच गते दैवले चुँडेर लगेकाे छ र मात्र आमा यमकला ज्ञवाली सम्झना मात्र रहनु भयाे ।
द्वन्द्व पिडित सत्तरी वर्षे आमा यमकला ज्ञवालीलाई सधै आफ्नो भत्केकाे गाेठ र जिर्ण घर हेरेर टाेलाउनु हुन्थ्याे ।
आफ्ना पति माओवादीको गाेलि लागेर मृत्यु वरण गरेपछि पिडीत आमा भन्नु हुन्थ्याे "खाेइ किन मारेका हुन सानाे टँकिमा चिया बेच्ने त्यसैकाे आम्दानीले आफ्नो परिवार पाल्ने कहिल्यै राजनिती गरेकाे पनि जानिन कसैलाइ केही भनेकाे पनि सुनिन त्यस्ताे साेझाे मान्छेलाई किन मारेका हुन त्यस्ता लाई कहिल्यै राम्राे नहाेस हामी त दुखि छौँ नै तिनीहरुलाइ कहिल्यै शुख नहाेस" पछ्यौरिले आँसु पुछ्दै बृद्द आमा यमकला सुँक्सुयाइ रहेकाे सम्झँदा मन गरुँगाे हुन्छ ।
आँसु त्यसै बग्दैन जब मन पिडाले पाेल्छ आँसुका भेल बग्छन ।यी बृद्ध आमा यमकला ज्ञवालीकाे पति वियाेगमा कहिले लुकेर र त कहिले देखिएर रुन थालेकाे डेढ दशक बित्दै गर्दा अब कहिल्यै नफर्कने गरि आमाले पनि सँसार त्याग्नु भाे कठै !
करिव बत्तिस वर्ष भारतमा सामान्य राेजि राेटि गरेर वसेका रुरुक्षेत्र गाउँ पालिका १ का भाेजराज ज्ञवाली आफ्नो देश फर्केपछि पनि जीवन यापनका लागि नवलपरासीको सुनवलमा सानाे काठकाे टँकीमा चिया पकाएर जिविका चलाउँथे तर त्यहि चियाकाे टँकी भाेजराज ज्ञवालीकाे मृत्युको कारण बन्याे ।२०६० साल कार्तिक नौ गते बिहान त्यहि गणतन्त्र नौलाे जनवाद र सायद साम्यवाद ल्याउन उठाइएका उन्मदी बन्दुककाे शिकार भाेजराज बने ।उनकाे छाति गाेलीले छेँडियाे तर उनकाे परिवारमा अहिले सम्म त्यहि पिडाले सबैकाे मन छेँडिएकाे छ ।
गणतन्त्र आएका१३ वर्ष वित्दै गर्दा तिनै गणतन्त्र वादि हरुले सत्ताकाे स्वाद यति मज्जाले चाखेकि आलिसान महल हरु गणतन्त्रको जगमा टेकेर ठडिएका छन तर यमकला ज्ञवाली त्यहि जिर्ण घरकाे दैलाे कुरेर र भत्केकाे गाेठ हेरेर जीवन त्याग गर्नु भयाे ।
घरमुनिबाट मन्त्री हरुका गाडि धुलाे उडाउँदै कति पटक दगुरे ।पिडाका यी वर्ष हरुमा कति नेताले भाेट मागे तर उनकाे पिडामा मलम कसैले लगाएन ।
बैशाखकाे चर्काे घाम भनिन मँसिरकाे चिसाे सिरेटाे नभनेर कति पटक भाेट दिएँ तर कसलाई दिएर के भाे अब त म भाेट दिन कहिल्यै जान्न यमकला भन्नुहुन्थ्याे ।
केही दिन नसके पनि मन बुझाउन बाेली त दिन सकिन्छ तर बाेली दिँदा पनि पैसा लाग्ला झैँ गर्छन नेता भन्ने हरु यमकलाकाे पीडा वाेल्थ्याे ।
प्रदिप ज्ञवाली आउँछन् रे भनेर कति पटक कुरेर बसे सबै कुरामात्र रैछ दुखिका घरमा मात्र दूख आउँछ अरु त काेहि आउने रैनछ यमकला ज्ञवालीले धेरै पटक कुर्नु भयाे तर जिउँदाे हुँदा काेहि आएन ।
जीवनका सात दशक पूरा गरेकी यी आमाका लागि आँसु नियति बनी रह्याे ।गजबको कुरा त यतिका वर्ष सम्म उनकाे पीडा खाेज्न कुनै पत्रकार पनि उनकाे आँगन पुगेन ।
गणतन्त्रले १३ वर्ष पूरा गरिसक्दा राजनितीक लुछाचुँडिकाे खेलमा गाउँघरका द्वन्द्व पिडीत आमा यमकला ज्ञवालीका घरमा राज्यको नजरमा पर्ने कुरै भएन ।
यदि जनताका लागि गणतन्त्र आएको भए यमकला हरुका दुखेका मन हरुमा मलम लाग्नु पर्थ्याे तर गणतन्त्र जनताका लागि हाेइन नेताका लागि मात्र भएकाे अनुभुति बाहेक यमकला जस्ता अामा हरुले गरे ।
आमाको निधनले विछिप्त बन्नु भएका वरिष्ठ पत्रकार कृष्ण अन्जान हरेक दिन दैलामा टाँगिएकाे फाेटाे हेरेर बलिन्द्र धारा आँसु झार्नु हुन्छ ।
आमाको मातृत्व बिना मलाई पनि बाँच्न गाह्रो भाे मन बुझाउन सक्दिन पत्रकार अन्जानमा पीडा छ ।
रुरु १ थाेर्गा स्यालपाेखरि नजिकैकाे घरमा हिँज आमा यमकला पति वियाेगमा टाेलाउनु हुन्थ्याे आज पत्रकार अन्जान आमाको मातृत्व खाेसिएपछि आँखा भरि आँसु लिएर टाेलाउनु हुन्छ ।