जनप्रतिनिधिहरुको एकवर्षे कार्यकाल र आत्मसमीक्षा बारे

रामकृष्ण कंडेल,वामीटक्सार✍️

नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रिय कमिटी सदस्य गणेश खनाल ले जनप्रतिनिधिहरुको एकवर्षे कार्यकाल र आत्मसमीक्षा बारे केहि जिज्ञॅासाहरू राख्नुभएको छ।निर्वाचन सम्पन्न भएको पनि एक बर्ष बितिसकेको र जनताहरूमा निराशा बढिरहेको सन्दर्भमा केन्द्रिय सदस्य खनाल भन्नुहुन्छः”साधारण जीवनशैलीका साथ अग्रगामी रुपान्तरण सहित समाज बदल्न पार्टीले दिएको दायित्व र कार्यभार यो एक वर्षको सिकाइको आधारमा के पूरा गर्न सक्छौ ? सक्छौ भने निर्मम समीक्षाका साथ अगाडी बढौ । पार्टीमा भरोसा पैदा गर्ने दायित्व अहिले जनप्रतिनिधिको काधमा छ तसर्थ if or but को चान्स छैन है ! यो कुरालाइ गहिरो गरि मनन गरौ”

गुल्मी २ एमाले पार्टी ईन्चार्जको भुमिकामा समेत रहनुभएका खनाल सोध्नुहुन्छः

१) यो एक वर्षमा आफुले गरेका कामबाट के हामी सन्तुष्ट छौ ?

२) जनताको चाहाना र हामीले दिएको सेवा वा सुविधाका बिचमा एकरुपता छ कि जन चाहना एकातिर हाम्रो काम अर्कोतिर त भै रहेको त छैन ?

३) जनताको जीवन बदल्ने खालका र आमूल परिवर्तनको पक्षमा हाम्रो काम केन्द्रीय भए कि दिन बिताउने र पुरानो शैलीमा प्रक्रियामुखी काम मात्र भए वा परिणाममुखी ?

४) आफुले गरेको एक वर्षको कामले पार्टीको मुल उद्देश्य र लक्ष्य प्राप्तिको लागि चाहिने उत्पादनमुलक काम कति भए? त्योबाट के उपलव्धी भए ?

५) सामाजिक रुपान्तरणमा यो एक वर्षमा के कति काम भए त्यसले समाजमा कस्तो असर पार्यो ?

६) शिक्षा र स्वास्थ्यमा आफुले गरेको प्रयास र त्यसप्रति जनताको बुझाइ कस्तो रह्यो ?

७) यो एक वर्षको अवधिमा जनताको पक्षमा के कति काम गर्न प्रयत्न भए ती मध्ये मुख्यकाम के के हुन ? कामको पहलकदमी लिदा अवरोध र सहजीकरण के कस्ता भए ?

८) अहिलेको मुख्य समस्या मध्ये युवा बेरोजगारी हो त्यसलाइ कम गर्न आफ्नो पहल कति भए ?

नीतिगत काम कति भए?

अलिकति भएपनी सम्बोधन गर्न सकियो वा सकिएन ? यदि सकिएन भने किन सकिएन अब के गर्नुपर्ला?

यी लगायत यावत प्रश्नको उत्तर व्यवहारत: खोजेरमात्र आफुमा निखार ल्याउनु र सबैको भरोसायोग्य बन्न सकिन्छ ।

साधारण जीवनशैलीका साथ अग्रगामी रुपान्तरण सहित

समाज बदल्न पार्टीले दिएको दायित्व र कार्यभार यो एक वर्षको सिकाइको आधारमा के पूरा गर्न सक्छौ ? सक्छौ भने निर्मम समीक्षाका साथ अगाडी बढौ । पार्टीमा भरोसा पैदा गर्ने दायित्व अहिले जनप्रतिनिधिको काधमा छ तसर्थ if or but को चान्स छैन है ! यो कुरालाइ गहिरो गरि मनन गरौ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको