स्वर्गीय अर्जुन अर्यालको सम्झनामा गुल्मीको कुर्घामा शोक सभा कार्यक्रम सम्पन्न

 मुसिकोट नगरपालिका ६ कुर्घा निवासी समाजसेवी ब्यक्तित्व स्वर्गीय अर्जुन अर्यालको दुखद निधनको सातौं पुण्य तिथिको अवसरमा गुल्मी जिल्ला मुसिकोट नगरपालिका ६ कुर्घामा शोक सभा कार्यक्रम सम्पन्न भएको छ lस्वर्गीय अर्यालको चिर शान्तिको कामना तथा शोकाकुल परिवार तथा आफन्त जनहरू प्रति गहिरो समवेदना व्यक्त गर्नको लागि शोक सभा कार्यक्रम आयोजना गरिएको कुर्घा बाट त्रिभुवन माध्यमिक विद्यालयका शिक्षक सुकदेव रिजालले युनिक खबर डट कम लाई जानकारी दिनुभएको छ l 

शिक्षक रिजालका अनुसार स्वर्गीय अर्जुन अर्याल नेपाल कम्युनिष्ट पार्टी एमाले वडा कमिटि उपसचिव,त्रिभुवन माध्यमिक विद्यालय भुवाचिदी र शिव प्रा.वि विद्यालय व्यवस्थापन समिति सदस्य सुनिता अर्याल र सावित्रा अर्यालका श्रीमान  हुनुहुन्थ्यो l 

 नेकपा एमाले मुनपा ६ को वडा कमिटि,त्रिभुवन माध्यमिक विद्यालय भुवाचिदी र शिब प्रा.बि कुर्घाको को संयुक्त आयोजनामा शोक सभा कार्यक्रम आयोजना गरिएको हो l 

शोक सभा कार्यक्रममा मुसिकोट नगरपालिका का उपमेयर कमला शर्मा,नेपाल कम्युनिष्ट पार्टी एमाले मुसिकोट नगर कमिटि का उपाध्यक्ष रामबहादुर थापा,मुसिकोट नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष खड्क बहादुर खड्का,नेकपा एमाले वडा कमिटी कुर्घाका अध्यक्ष हेमराज शर्मा,शिक्षक गुनाखर शर्मा लगायतका वक्ताहरुले स्वर्गीय अर्जुन अर्यालले आफ्नो जीवनकालमा समाजमा खेलेको सकारात्मक पक्ष संस्करण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना तथा शोकाकूल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको थियो l 

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।