तानसेन टुडिखेल मैदानमा बृहत् धार्मिक जनजागरण कार्यक्रम सम्पन्न

जयराम सापकोटा,तानसेन✍️

३०२औं पृथ्वी जयन्तिको अवसरमा सनातन धर्म संस्कृती संगठन पाल्पाको आयोजना र विश्वहिन्दु महासंघ तथा ॐकार परिवार पाल्पाको सहयोगमा तानसेन टुडिखेल मैदानमा बृहत् धार्मिक जनजागरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका मुख्य वक्ता तथा कालिगन्डकी प्रतिष्ठानका अध्यक्ष श्री चैतन्यकृण्ण महाराजले पृथ्वीनारायण शाहको कृतिको प्रशंसा गर्दे नेपाली संस्कृति वचाउन पृथ्वीनारायण शाहले खेलेको भूमिकाको खुलेर प्रशंसा गर्दे धर्म संस्कृति संरक्षण वारे विभिन्न धर्मग्रन्थमा लेखेका कुराहरुको व्याख्या गर्नुको साथै धर्मसारको भाव प्रस्तुत गर्नु भएको थियो । व्राहम्ण समाज नेपालका अध्यक्ष धर्मचन्द्र नेपालको स्वागतवाट सुरुभएको उक्त कार्यक्रममा राममन्दिर राम्धिधामका वटुक द्वारा स्वस्ति वाचन सहित गरेका थिए भने प्रमुख अतिथि द्वय कौसिक जि महाराज र चैतन्यकृण्ण महाराजले पृथ्वीनारायणको फोटोमा रुद्राक्ष मालाले माल्यार्पण गर्दै दिप प्रज्वलन गरि कार्यक्रमको उदघाटन गर्नु भएको थियो । कार्यक्रममा वोल्ने वक्ता मध्ये प्रमुख अतिथि कौसिक जि महाराज, डा.राम प्रसाद ज्ञवाली, प्राध्यापक महेन्द्र पन्थी, रा.प्र.पा.का प्रतिनिधि रेवन्त वहादुर विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि दिलिप घिमिरे लगायतले आआफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा राष्ट्रिय भजन लोक दोहोरीका केन्दिय सदस्य जय प्रकास उप्रेतीले भजन कृतन प्रस्तुत गर्नु भएको थियो भने लोकगित तर्फ राष्ट्रिय लोक दोहोरीका केन्द्रीय सदस्य पुरुर्षोत्तम गैरे र लोक दोहोरी प्रतिष्ठानका पाल्पाका अध्यक्ष कमल भट्टराई लगायतले लोकगित प्रस्तुत गरेर दर्शकलाई मनोरन्जन प्रदान गर्नु भएको थियो ।

कार्यक्रम बद्रेश्वर शिवालय धामका शन्त श्रीशंकर गिरिको संचालन र सनातन धर्म संस्कृती संगठन पाल्पाका संयोजक माधव प्रसाद पराजुलीको सभापतित्वमा सम्पन्न भएको हो ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको