बार्षिक राशिफल | Yearly Rashifal

बार्षिक राशिफल

बि.स. २०७८ को बार्षिक राशिफल - युवा ज्योतिष मनिश कौशिक

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Aries

याे वर्ष हजुरकाे लागि विशेष फलदायी रहनेछ । वृहस्पति र शनिकाे शुभ स्थितिले राम्राे लाभ एवम् सफलता मिल्नेछ । राहु र केतु प्रतिकुल रहेकाे हुनाले अनावश्यक खर्च, धनकाे हानी आदि रहन सक्ने हुँदा वर्षभरी नै भैरव पुजन गरिरहनुहाेला । अध्ययनकाे क्षेत्र समग्रमा याे वर्षभरी नै राम्राे छ । व्यापार व्यवसायमा विशेष सफलता मिल्नेछ तर लगानी गर्दा विशेष सचेत भएर मात्र गर्नुहाेला । कार्यक्षेत्रमा स्तराेन्नि हुने भएकाेले मन हर्षित हुनेछ । याे वर्ष हजुरले चिताएकाे पुग्नेछ । शुभ अङ्कः १ र ९ , शुभ बारः आइतबार र बिहिबार, शुभ रङ्गः राताे, पहेँलाे, गुलाबी, सुन्तला ।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurus

याे वर्ष हजुरकाे लागि अशुभ फलदायी रहनेछ । वृहस्पति प्रतिकुल हुँदा कार्यबाधा, आँटेताकेका काममा अल्पविराम लाग्नेछ । कार्य सफलताकाे लागि अधिक परिश्रम गर्नुपर्नेछ । राहु र केतुकाे अशुभ प्रभावले मनमा द्विविधा रहने र दाम्पत्य सुखमा बाधा आउनेछ । क्राेध एवम् रिसकाे मात्रा बढेर बन्न लागेकाे काम बिग्रनेछ । निकै सचेत भएर काम गर्नुहाेला । याे वर्ष अलि कठिन छ । शुभ अङ्कः ६ र ८ शुभ बारः शुक्रबार र शनिबार, शुभ रङ्गः सेताे, हरियाे ।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Gemini

याे वर्ष हजुरकाे लागि मध्यम फलदायी छ । वृहस्पतिकाे शुभ प्रभावले गर्दा मानसम्मा र सफलता मिल्नेछ । राहु र शनिकाे अशुभ प्रभावले गर्दा शरीरमा आलस्यता, मानसिक तनाव, धनहानी, बन्धन, शत्रु बाधा आदि रहनेछ । अपजसकाे समय छ । वर्षभरी हनुमानकाे भक्ति र भैरव पुजन गर्नाले स्थिति सहज हुनेछ । याे वर्ष राम्राे कम, नराम्राे धेरै छ । शुभ अङ्कः ५ र ६, शुभ बारः बुधबार र शुक्रबार, शुभ रङ्गः हरियाे, सेताे, निलाे ।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer

याे वर्ष हजुरकाे लागि मध्यम फलदायी छ । राहुकाे शुभ प्रभावले मानसम्मान मिल्ने, आयआम्दानी राम्राे हुने, नयाँ कार्यकाे थालनी आदि शुभ हुनेछन् तर वृहस्पति शनि र केतुकाे अशुभ प्रभावले स्वास्थ्य बाधा, मानसिक तनाव, धननाश, आँटेताकेकाे काममा बाधा आदि उत्पन्न हुने हुँदा वर्षभरि नै शनिकाे विशेष उपासना गर्नुहाेला । ॐ नमः शिवाय मन्त्रकाे जाप सधैँ १ माला गर्नुहाेला । शुभ अङ्कः २ र ३, शुभ बारः साेमबार र बिहिबार, शुभ रङ्गः सेताे क्रिम राताे ।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo

याे वर्ष हजुरकाे लागि अत्यन्तै राम्राे छ । वृहस्पति शनि एवम् राहुजस्ता विशेष प्रभावशाली ग्रहहरुकाे प्रभावले गर्दा सुख शान्ति एवम् संवृद्धि मिल्नेछ । चाैतर्फी मानसम्मान एवम् सफलताकाे याेग छ । राज्यराेहण साथै पदाेन्नतिकाे याेग परेकाे छ । प्रभावशाली बन्ने याेग छ । जन्म लग्न कुण्डलीमा पनि शुभ दशा चलेमा निकै राम्राे सफलता मिल्नेछ । शुभ अङ्कः १ र ९, शुभ बारः आइतबार र मङ्गलबार, शुभ रङ्गः राताे र पहेँलाे ।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) - Virgo

याे वर्ष हजुरकाे लागि खासै राम्राे छैन । वृहस्पति, शनि र राहु प्रतिकुल रहनाले कष्ट एवम् धाेकाकाे सामना गर्नुपर्नेछ । काममा बाधा मानसिक अशान्ति स्वास्थ्यमा प्रतिकुलता आदि रहनेछ । वर्षभरी नै शिवकाे विशेष आराधना गर्नाले सुख शान्ति मिल्नेछ । शुभ अङ्कः ५ र ६, शुभ बारः बुधबार र शुक्रबार, शुभ रङ्गः हरियाे र निलाे ।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra

याे वर्ष हजुरकाे लागि मध्यम फलदायी रहेकाे छ । वृहस्पति शुभ भएकाेले धार्मिक यात्रा हुने, चिताएकाे पुग्नेछ । शनि, राहुकाे कारण अधिक परिश्रम गरेर कम सफलता हात लाग्ने र अचानक हानी एवम् घाटा हुने याेग परेकाे छ । वर्षभरि नै स्वास्थ्य बाधा रहनेछ, सचेत हुनुहाेला । काल भैरव पुजन पछि बाटाे खुल्नेछ । शुभ अङ्कः ६ र ८ शुभ बारः शुक्रबार र शनिबार शुभ रङ्गः गुलाबी सेताे र कालाे ।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) - Scorpio

याे वर्ष हजुरकाे लागि मध्यम फलदायी रहेकाे छ । शनिकाे शुभ प्रभावले राेकिएका कार्यहरु सम्पन्न हुनेछन् । चिताएकाे पुग्नेछ । तर राहुकाे कारणले पारिवारिक जीवनमा तनाब, व्यापारमा नाेक्सान आदि रहने हुनाले वर्षभरि नै गणेश एवम् हनुमान भक्ति गर्नुहाेला । शुभ अङ्कः ५ र ९ शुभ बारः साेमबार र बिहिबार शुभ रङ्गः सेताे र पहेँलाे ।

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) - Sagittarius

याे वर्ष हजुरकाे लागि समग्रमा राम्राे छ । राहु र केतुकाे अति विशिष्ट प्रभावले गर्दा नसाेचेकाे सफलता हात लाग्नेछ । आफ्नाे विशेष प्रभाव रहनेछ । धार्मिक यात्राकाे याेग पनि छ । पराक्रम बढ्नेछ तर धन फस्न सक्ने हुँदा लेनदेनमा अलि हाेसियार हुनुहाेला । शुभ अङ्कः ५ र ९, शुभ बारः आइतबार र बिहिबार, शुभ रङ्गः सुन्तला र राताे ।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) - Capricorn

याे वर्ष हजुरकाे लागि समग्रमा राम्राे नै छ । नयाँ अवसरहरु मिल्नेछ । धनागमन हुनेछन् । मानसम्मान एवम् सुख मिल्नेछ तर शारीरिक आलस्यताले सताउँदा कतिपय काममा बाधा आइ साेचेकाे पूरा नहुन सक्छ । वर्षभरि नै हनुमान र भैरवकाे विशेष उपासना गर्नुहाेला । शुभ अङ्कः ६ र ८, शुभ बारः शुक्रबार र शनिबार, शुभ रङ्गः कालाे, खैराे र निलाे ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) - Aquarius

याे वर्ष हजुरकाे लागि मध्यम फलदायी छ । शनि साँढेसातिकाे कारणले शारीरिक आलस्यता, मानसिक अशान्ति एवम् काममा ढिलासुस्ति हुनेछ । वृहस्पतिले केहि नयाँ अवसरहरु लिएर आउनेछन् । भैरवकाे विशेष पुजन गरेपछि बाटाे खुल्नेछ । शुभ अङ्कः ५ र ८, शुभ बारः बुधबार र शनिबार, शुभ रङ्गः हरियाे निलाे ।

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) - Pisces

याे वर्ष हजुरकाे लागि समग्रमा राम्राे छ । शनिकाे शुभ प्रभावले राेकिएका कार्यहरु पुनः सुचारु भइ विशेष कार्य सम्पादन हुनेछ । चिताएकाे पुग्नेछ । राहु र केतुले गर्दा पराक्रममा वृद्धि अध्यात्ममा मन जाने बनाउँछ तर वृहस्पतिकाे अशुभ बसाइले धन हानी मान हानी एवम् कार्यक्षेत्रमा बाधा रहनेछ । शिवकाे विशेष पुजन पछि सुख शान्ति मिल्नेछ । शुभ अङ्कः २ र ९, शुभ बारः मङ्गलबार र बिहिबार, शुभ रङ्गः पहेँलाे राताे र सेताे ।

                   यदि तपाईं युवा ज्योतिष मनिश कौशिकसँग ज्योतिष परामर्श लिन चाहानुहुन्छ भने Mero Kundali एपबाट अपोइन्टमेन्ट लिन सक्नुहुन्छ वा ९८४३६२६७१४ मा सम्पर्क गर्नसक्नुहुन्छ ।

Related Post