श्रावण महिनामा रातो हरियो रङ नै किन ?

प्तझर ऋतुलाई चिर्दै वसन्ताको शुरुआतमा लहलहराइरहेकोपालुवा श्रावण महिनासम्म तन्नेरी भइसकेको हुन्छ । यो महिना चारैतिर हरियालीको महिना हो । श्रावण महिना पहेँलो, सेतोलगायत हरियो र रातो रङले भरिन्छ । हरियो रङले रसिलोपन, पुनर्ताजगी र प्रजननको प्रतिनिधित्व गर्दछ । आकाश सफा हुँदाको सूर्यको ताप र खुसीलाई पहेँलोले प्रतिनिधित्व गर्दछ । रातोले भने प्रेम, आनन्द र वैवाहिक शक्तिलाई दर्शाउँछ । हिन्दु महिलाहरु चुरा, जुत्ता र पोतेको रुपमा प्रस्तुत गर्दछन् ।

भगवान् शिव श्रावण महिनाका देवता मानिन्छ । यस महिनामा भगवान् शिवको प्रसन्नताका लागि गरिने विभिन्न अनुष्ठानहरुमध्ये रङको महत्व पनि देखाउन र भगावन् शिवलाई खुशी पार्न रातो, हरियो रङयुक्त वस्त्रादि लगाउने प्रचलन बढेको हो भन्ने अनुमान गर्न सकिन्छ । पतिको दिर्घायुका लागि पनि यस्तो चलन चलेको विश्वास गर्न सकिन्छ । राम्रा र चारित्रिक गुणले युक्त पति पाउन पनि श्रावण महिना भगवान् शिवको व्रतोपासना आदि गर्ने चलन चलिआएको पाइन्छ ।

महिलाहरुले रातो पहिरन लगाउनु श्रीमान्सँगको सम्बन्धको अभिव्यक्ति पनि हो । अविवाहित महिलाहरु हरियो र पहेँलो रङका वस्त्रादि, चुरा आदि लगाउने गर्दछन् । श्रावण महिनामा साना बालिकाहरुले पनि पहेँलो रङका वस्तु लगाउने गर्दछन् । यस महिनामा रातो, हरियो रङको उपयोगले योग्य पतिको प्राप्ति गराउँछ भन्ने विश्वास रहेको पाइन्छ । हिन्दु महिलाहरु यस महिनामा हातमा हरियो चुरा, मेहेन्दी लगाएर भगवान् शिवको भक्तिमा समाहित हुन्छन् । पतिको दिर्घायु बाहेक घर परिवारको सुख समृद्धिका लागि पनि यस्तो चलन चलेको मानिन्छ ।

श्रावण महिनामा लगाइने रङ अर्थपूर्ण देखिन्छ । हरियो रङलाई प्रेम र वातावरण, सेतोलाई सौभाग्य र पहेँलो रङलाई पवित्रताको प्रतीकको रुपमा लिइने हुनाले पनि श्रावण महिना यस्तो रङको उपयोगको अधिकतामा बित्दछ । श्रावण महिना श्री शिव गोरक्ष महोत्सवको रुपमा मनाइने भएकोले पनि यस महिनामा उपयोग हुने हरियो, रातोलगायतको रङले त्यसै महोत्सवलाई अझै स्मरण गराइरहेको प्रतीत हुन्छ । यस प्रतीतिलाई अझै विस्तारित रुप दिऔँ । श्री शिव गोरक्ष महोत्सव भव्य एवं दिव्य रुपमा मनाऔँ । जय गुरुदेव

Related Post
श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्रीस्वस्थानी माताको व्रत विधि र कथा विभिन्न भाषामा पाइन्छ । नेपाली भाषाका ग्रन्थहरूमा व्रत विधि र संस्कृत भाषाका श्रीस्वस्थानी व्रतकथा (संस्कृत भाषा) पद्मपुराणबाट लिइएको छ भने कथाको स्रोत स्कन्दपुराण केदारखण्ड माघ माहात्म्यलाई दिइएको छ ।

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

यस एकादशिमा तिलको अत्यन्त महत्व रहेको छ । तिलको ६ प्रकारको प्रयोगबाट हजारौ जन्ममा गरेको पाप कर्महरु नाश हुने मन्याता छ भने मृत्यु पछी बैकुंठ मा बास हुने छ । बिहान सुर्यदय भन्दा पहिला उठेर जलमा तिल मिसाएर स्नान गर्नु पर्दछ ।