कस्को खानु कस्को नखानु?

नारायण पौडेल✍

भिष्मपितामह अर्जुनको बाणद्वारा निर्म्मित शरशैय्यामा रहेर पाण्डवहरुलाई उपदेश दिदै थिए । बिचमा द्रौपदीले प्रश्न गरिन " पितामह, हस्तिनापुरको राजसभामा दुर्योधन दुसासनले मेरो फरिया खिचिरहदा न्यायको लागि तपाईंसँग याचना गरिरहे । मौन रहेर त्यो पापको साक्षी भइरहदा तपाईंको धर्म ज्ञान कहाँ थियो ? आज तपाईं कसरी धर्मको उपदेश दिने अधिकारी हुनुभयो ?

भीष्म भन्छन: द्रौपदी, त्यतिबेला मैले पापी दुर्योधनको दाना पानी खाएकोले मेरो बुद्धि र बिचार पापमय थियो त्यसैले अन्यायको बिरुद्धमा बोल्न सकिन । आज दुर्योधनको अन्न पानीबाट निर्मित रगत अर्जुनका तिखा बाँणले प्वालै प्वाल परेको मेरो शरीरबाट बगेर सिद्धिएको छ । पापीको अन्न मेरो शरीरमा छैन । बुद्धि शुद्ध भएको छ । त्यसकारण धर्मोपदेशको लागि अहिले म योग्य छु ।

माथिको भीष्म द्रौपदी बिचको संबादको निचोड हो - पापीको दाना पानी खायो भने पापबुद्धी बिकास हुन्छ । त्यसकारण सित्तैमा कसैले केही दिदैछ भने लिनु भन्दा अगाडि उस्को बिगतको स्वभाव र इतिहास बुझ्नुपर्छ । कसैलाई धोका दिएको छ या छैन यकिन गर्नु पर्छ ।

एक्काइसौं शताब्दिको मित्रताको मापडण्ड त्याग र समर्पण होइन स्वार्थ र नाफा हो भन्ने कुरा छर्लङ्ग देखिएको छ । छिमेकी मुलुक अफगानिस्तानमा भगवान बनेर आएको एउटा शक्ति उदारवादि अफ्गानीलाई कुल्चेर गयो । करोडौं को जीवन बिचल्लीमा पारेर गयो । जस्लाइ आतंककारी भन्यो, जो बाट बिश्व मानवतालाई खतरा देख्यो, जो संग २० बर्ष लड्यो त्यसै सँग गोप्य संझौता गर्दै अरबौका हातहतियार र वायुयान हातमा थमाएर गयो । दक्षिण पूर्वी एसियामा आगो झोसेर हिड्यो । मानवाधिकारको दुहाइ दिनेको हृदयमा मानवता मरेको दृश्य संसारले मौन भएर चियाइरह्यो । ग्रिक मिथको पात्र इकारस आकासबाट समुन्द्रमा खस्दै गर्दा लोकले गरेको बेवास्ता (indifference) को सादृश्यता बिश्वभर देखियो । यदाकदा मानवाधिकारको पक्षमा बिज्ञप्ती निकाल्ने नेताहरु समेत अफ्गानीमाथिको बर्बरतामा मौन रहे । हामी कति निरीह छौं कि छिमेकिको चिर हरण भइरहदा त्यो दृश्यले मन पोलिरहदा मनको कुरा भन्न सक्दैनौ । किन? डर । के को डर ?

कसैले कहिलेकाही सित्तैमा दिएको दाना पानी खाएकोले बैगुनी भइने डर । कसैको दाना पानीको प्रभावले बिकृत भएको भिष्म बुद्धि ।

कम्तिमा छिमेकका ...... त बोल्छन भन्ने थियो । तर उनलाई पनि बोल्न सकस भयो र द्रौपतीको चिरहरणमा भीष्म कै प्रतिमुर्ति बने ।

त्यसकारण कुनै मुलुकले अरबौं रकम सित्तैमा बिना सर्त अनुदान दिन्छ भने पनि "पाए त खाएं" भनेर हतार गर्नु हुदैन । कहिलेकाहीं पराइको खाएर अधिनस्थ बन्नु भन्दा गरीबीमा आनन्दले बाच्न जाती हुन्छ । स्मरण रहोस दुर्योधनको अन्नपानीले भिष्मको केही दिन पेट अघाए पनि अन्त्यमा शरशैय्या नै मिलेको थियो । अघिको भाग ठूलो देखेर पछिको बिपत्तिलाई नजर अन्दाज गर्नु पूर्व अफगानिस्तानबाट पाठ सिक्नुनै बुद्धि मानी देखिन्छ।

(सरकारको advisory अनुसार मित्रराष्ट्रहरु र चर्चीत अनुदानको नाम लिइएको छैन)

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको