कुन किताब पढ्नु ठिक होला?

भिम उपाध्याय✍

मलाई मेरा युवा शुभेच्छुकहरूले बेला बेलामा किताबका बारेमा सोध्ने गर्नुहुन्छ- कुन किताब पढ्नु ठिक होला? कुन किताब पढ्नै पर्छ नाम पाउँ न?

दैनिक कुनै न कुनै किताब पढिरहनुपर्छ। सकिन्छ भने २,३ वटा किताब दिनमा एकसाथ पढे राम्रो। लामो समय नलगाएर पढे राम्रो । कुनै पनि किताबको दैनिक कमसे कम १ च्याप्टर सकेको राम्रो।

मेरो नजरमा किताब ३ किसिमका हुन्छन्- ब्यक्तिप्रधान, घटनाप्रधान र विचार प्रधान।

विषय प्रधान किताबहरू पनि हुन्छन्।

आत्मखोज सम्बन्धी पुस्तकहरू अत्यधिक बिक्छन्।

महान ब्यक्तित्वहरूको जीवनी सबै उमेरका लागि उपयुक्त हुन्छ किनभने हामी सबैको जीवनी हुन्छ। हाम्रो जीवनको अनुभव सबैभन्दा राम्रो किताब हो, आफैलाई पनि पढुरहनुपर्छ।

राम्रो इतिहासको किताबले विभिन्न युग बुझ्न मद्दत गर्छ।

राम्ररी लेखिएको भूगोलको पुस्तकले हाम्रो धराको जग बुझ्न मद्दत गर्छ।

अध्यात्मको पुस्तकले अभौतिक र भौतिक जीवन बुझ्न सहयोग गर्छ।

किशोर किशोरीहरुले प्रेरक प्यक्तित्वहरूका बारेमा वा तिनले लेखेको सरल पुस्तक पढ्न राम्रो हुन्छ। प्रौढहरुले अध्यात्मको पढ्न ठिक हुन्छ। युवाहरूले इतिहास, भूगोल र जीवनी पढ्नु राम्रो हुन्छ।

पुस्तक आफैमा केही हैन, ब्यावहारिक ज्ञानका लागि ईन्टर्न वा गुरू वा असल सफल ज्ञानी ब्यक्तिहरूको सामिप्यमा रहने वा सत्संग गर्ने गर्नुपर्छ।

पुस्तक पढ्दा दिमाग खुला रहनुपर्छ। अरूको कुरामा बहकिनु भन्दा आफूले खोजेको कुराको जवाफ खोज्नुपर्छ। आफ्नो मनमा लागेको कुरा मिल्यो भनेर त्यसमा मात्र चॉसो दिईयो भने दिमाग चौडा नभएर संकुचित हुन थाल्छ।

जति धेरै विषयका किताब पढ्न सक्यो त्यति सोच्ने शक्ति बिस्तारित हुदै जान्छ।

तर देश, काल, परिस्थितिको भिजुअलाईज नगरी कुनै शास्त्र वा इतिहॉस वा जीवनी पढियो भने दिमाग र सोच प्रणाली बिकृत हुदै जान थाल्छ। यसमा एकदम सतर्क हुनुपर्छ । पढ्ने भन्दैमा जे पनि पढियो भने दिमाग परनिर्भर हुदै गएर आफ्नो सोच्ने शक्ति बोदो हुन सक्छ।

अरूको विचारले दिमागमा राज गर्न दिन हुदैन, आफ्नो दिमागलाई प्रष्फुटन गरेको हुनुपर्छ।

अरूको विचार पढौँ तर त्यसले शासन नगरोस्, आफ्नो वैचारिक खानीको ढोका खोलोस्- यसरी पढ्न सकियो भने पढेको काम लाग्छ, अरूको वैचारिक दास हुनबाट जोगिईन्छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको