हामी झन गौरवान्वित भएका छौं:मेयर खरेल

रामकृष्ण कंडेल,वामीटक्सार✍️

गुल्मीको मुसिकोट नगरपालिकाका मेयर जिवलाल खरेल जीवनले आफुहरू झन गौरवान्वित भएको बिचार ब्यक्त गर्नुभएको छ।सामाजिक संजाल फेसबुकमा एक महत्वपुर्ण स्टाटस जारी गर्दै मेयर खरेलले लेख्नुभएको छः'हामी झन् गौरवान्वित भएका छौं,गुल्मी जिल्लास्तरको खेलमा लगातार तीन पटकका राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगितामा जिल्ला-प्रथम भएपछि आज हाम्रा खेलाडीहरू लाई सम्मान,अभिनन्दन गरेका छौं l’६० वटा पदक सहित जिल्लाको रनिङ्ग-शिल्ड पचक गरेको मेयर खरेलले बताऊनुभएको छ।मुसिकोट नगरपालिकाले लगातार ३ वर्षका खेल जितेर रनिङ् शिल्डमा ह्याट्रीक गरेको छ।

खेलाडी छात्र छात्राहरू लाई सलाम टक्राऊदै मेयर खरेलले सबै प्रति आभार ब्यक्त गर्नुभएको छ।मेयर खरेलले लेख्नुभएको छः'हाम्रो नगर खेलकूद विकास समिति,हाम्रा सम्बन्धित विद्यालयहरूका व्यवस्थापक प्रशासक,खेल शिक्षक र प्रशिक्षकहरू,हाम्रा नीति-निर्माता जनप्रतिनिधिहरू,हाम्रो नगर कार्यपालिका अन्तर्गतका कर्मचारीहरू,हाम्रा किशोर-किशोरी र युवाहरूलाई खेलतर्फ उत्प्रेरित गर्ने क्लबहरू,सामाजिक-राजनीतिक अगुवाहरू लगायत सरोकारवाला सबैलाई यस परिप्रेक्ष्यमा हार्दिक धन्यवाद सहित मुसिकोट नगरवासी सम्पूर्णमा बधाई ज्ञापन गर्दछु।यसैगरी मुसिकोट नगरको जयजयकार भइरहने परिवेश निर्माण गर्न हामी सबै सफल हुन सकौं।प्रिय मुसिकोट नगरवासीहरूको जय होस'l

मुसिकोटले मनायो बिजय उत्सब

६० वटा पदक सहित जिल्लाको रनिङ्ग-शिल्ड पचक गरेको खुसियालीमा आज वामीटक्सारमा नगरपालिकाको आयोजनामा बिजय उत्सब मनाईएको छ।

बाजागाजा सहित जनप्रतिनिधीहरू,बिजेता खेलाडीहरू,नगरबासीहरू,शिक्षक कर्मचारीहरूको उपस्थितिमा खेलाडीहरू लाई सम्मान गरिएको हो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको