युनिक खवरका युरोप प्रतिनिधी खरेल युरोप शाखाको सचिवमा निर्वाचित

रामकृस्ण कंडेल,युनिक खवर
सत्य तथ्य निस्पक्ष ताजा अपडेट युनिक खवर डट कमका युरोप प्रतिनिधी,पोर्चुगलबाट संचालित नमूना नेपाल अनलाइन खबरका प्रधान सम्पादक एवं चर्चित पत्रकार कलश खरेल नेपाल पत्रकार महासंघ युरोप शाखाको सचिवमा निर्वाचित हुनुभएको छ।नेपालमा रहंदा विभिन्न मिडिया मार्फत कलम चलाएका खरेल हाल पोर्चुगलमा बस्दै आउनु भएको छ।

खरेलको सक्रियता र योगदानले सस्थालाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ। शनिबार आयोजित एक अनलाइन भर्चुअल भेलाले प्रेम परियारको अध्यक्षता नयाँ कार्यसमिति गठन गरेको हो।