आज होली : रंगहरूको चाडपर्व

फागु पूर्णिमा

होली एउटा राष्ट्रिय पर्वका रूपमा मनाइँदै आएको पर्व हो । फागुन शुक्ल अष्टमीको दिन विभिन्न स्थानहरूमा चीर गाडी शुरु हुने होली फागुन शुक्ल पूर्णिमाका दिन लिङ्गो ढाली सेलाउन लगेपछि होली पर्व सकिने गर्दछ ।

काठमाडौँको हनुमानढोकाको बसन्तपुर दरबार र पाटनको कृष्ण मन्दिरअगाडि चीर गाडी होलीको शुरुआत हुन्छ । लामो बाँसमा तीन वटा वस्त्र राखी रङ्गी–विरङ्गी बनाएर ठड्याउने गर्दछन् । यसरी चीर गाड्ने चलन भगवान् योगेश्वर श्रीकृष्णको पालादेखि चलिआएको मानिन्छ र श्रीकृष्णको रासलीलासँग समेत सम्बन्ध गाँसिएको एक कथनअनुसार गोकुलमा गोपिनीहरू यमुना नदीमा नुहाइरहेको अवस्थामा श्रीकृष्णले सबै वस्त्रहरू रूखमा झुण्ड्याउँदा श्रीकृष्णलाई खुशी पारिसकेपछि मात्र गोपिनीहरूलाई वस्त्रहरू फिर्ता गरेको घटनाको स्मरण गर्दै हाल पनि रङ्गी–बिरङ्गी कपडा रूखमा झुण्ड्याउने गरिन्छ । श्रीकृष्णले पानीमा रङ मिसाई रङ छ्याप्ने र पिचकारीले रङ्गाउने गरेकोले हाल पनि त्यही चलन चलेको मानिन्छ ।

होलीको नामाकरणको विषयमा पनि पौराणिक कथा पाइन्छ जुन कथाको सम्बन्ध राजा हिरण्यकश्यपकी बहिनी होलिकासँग रहेको छ । हिरण्यकश्यपलाई आÇना छोरा प्रहृलादले भगवान् विष्णुको उपासना तथा आराधना गरेको मन पर्दैनथ्यो । त्यसैले प्रहृलादलाई मार्नको लागि उसले अनेक काेिशश ग¥यो । धेरै प्रयासपछि पनि मार्न नसकेपछि अग्निले भस्म नगर्ने वरदान पाएकी आÇनी बहिनीलाई प्रहृलादलाई काखमा राखी अग्निकुण्डमा बस्न अह्राए । भगवान् नारायणको कृपाबाट प्रहृलादलाई आगोले छुन सकेन तर होलिका स्वयं खरानी भइन् । तिनै होलिकाको नामबाट होली नामाकरण भएको मानिन्छ । यसरी खराब पक्षको हार र असल पक्षको जीतस्वरूप अबीर र सिन्दूर दलेर हर्षोल्लासका साथ मनाइने पर्व नै होली हो ।

अर्को कथाअनुसार एक दिन महादेव तपस्या गरी बस्नुभएको बखत कामदेवले उहाँको तपस्या भङ्ग गर्न विभिन्न लीला गर्न थाल्नुभयो । यसबाट श्री महादेवलाई बडो रिस उठ्यो र आÇनो तेस्रो आँखा खोली उहाँले कामदेवलाई भस्म पारिदिनुभयो । उक्त घटनाको सम्झनास्वरूप चीरलाई भस्म पारी ज्ञानलाई उजागर गर्दै काम वासनालाई भस्म गर्नुपर्छ भन्ने यस पर्वको आशय रहेको पाइन्छ । यसैबेला काठमाडौँको इतुंबहालका केशचन्द्रका मामा गुरुमापालाई टुँडिखेलमा भोज खुवाउने चलन पनि छ । उक्त कथाअनुसार केसचन्द्र एक धनी व्यक्ति भइकन पनि जुवा खेल्ने नराम्रो बानीले गर्दा कङ्गाल भएछन् । उनले खाना खानसमेत ठमेलका सिंह सार्थ वाहुसँग विवाह गरी बसेकी दिदीकहाँ जानु पर्दथ्यो । एक दिन दिदीले खाना खान दिएको थालसमेत बेचेर जुवा खेलेकाले पछि उनले पातमा राखेर खान खुवाउन थालिन् । यो देखेर केशचन्द्रलाई साह्रै रिस उठ्यो । उनले खाना खुवाउन दिएको भात सबै जम्मा गरेर राख्न थाले । एक दिन जम्मा गरी राखेको भातसमेत सुकाएर बेच्नका लागि घाममा सुकाउन थाले । सुकाउन राखेको भात हेर्दाहेर्दै केशचन्द्र निदाएछन् । निद्राबाट व्युँझिएर हेर्दा भातका सिताजति सबै परेवाले खाइसकेको रहेछ । त्यो देखेर आफूले आफैलाई धिक्कार्दै टाउकोमा हात राखी साह्रै विलाप गरी रुन थालेछन् । त्यसरी रोएको देखेर परेवाहरूलाई साह्रैै दया लागेछ । ती परेवाहरू सामान्य परेवा नभएर दैवी शक्तियुक्त रहेछन् । उनीहरूले आफूले खाएको भातको सिताको बदलामा सुन विष्टाएर गए । परेवाले विष्टाएको सुन बटुलिरहेको अवस्थामा केशचन्द्रलाई आÇनो आहार बनाउनको निमित्त गुरुमापा अगाडि पुग्यो । तर केशचन्द्रले गुरुमापालाई आÇनो मामाको साइनो लगाई सम्मान गरे । त्यसपछि भानिज साइनो लागेका केशचन्द्रलाई आÇनो आहार बनाउनुको सट्टा सहयोग गर्ने वचन गुरुमापाले दियो । उक्त सुन सबै बोकाई गुरुमापासँगै उनी इतुंबहालमा आइपुगे । गुरुमापा पनि केशचन्द्रसँगै बस्न थाल्यो । गुरुमापाले केशचन्द्रले थाहा नपाउने गरी टोलका बच्चाहरूलाई आहार बनाउन थालेपछि टोलबासी सबै मिली गुरुमापालाई टुँडिखेलमा एकान्तमा बसाउन जोड दिन थाले । टुँडिखेलमा तीन ईँट एकै ठाउँमा रहेमा अलग गर्ने कामको जिम्मा दिएर दिनदिनै मासु–भात खुवाउने वचन दिई गुरुमापालाई टुँडिखेलमा राख्न लगियो । आजकाल वर्षको एकपटक सिङ्गै राँगाको मासु र त्यसलाई सुहाउने अन्य व्यञ्जन र बाह्र पाथी चामलको भात पकाई होली पूर्णिमाका दिन रातमा गुरुमापालाई भात खुवाउन लाने चलन छ । रातमा सानो बत्ती बालेर गुठियारहरूले खाना बोकेर जाने र गुरुमापालाई खाना छुट्याएपछि बाँकी रहेको खानेकुरा सबै खाएर फर्कन्छन् ।

सुन विष्टाएर केशचन्द्रलाई धनी बनाउने परेवाहरूको सम्झनामा गुँला(असार, श्रावण, भाद्र) भरि परेवाहरूलाई अन्न खुवाउने चलन छ । सधैँ होली पूणर््िामाका दिन अर्थात् चीर ढाल्ने दिन किलागलका ज्यापूहरूले गुरुमापालाई खाना खुवाउने चलन छ ।

फागुन शुक्ल पूणर््िामाको दिन ठमेलमा चकं द्यःको जात्रा चलाउने चलन छ । चंक द्यः भन्नाले सिंह सार्थवाहुलाई भनिन्छ । सिहं सार्थवाहु ल्हासा व्यापारीका नाइके वा टोली नेता थिए । परापूर्वकालदेखि नेपाल–तिब्बत व्यापारले नेपालको आर्थिक उन्नतिमा ठूलो टेवा पु¥याउँदै आएको पाउँछौँ । सिहं सार्थवाहुले इतुंबहालका केशचन्द्रकी दिदी विवाह गरेका हुनाले केश चन्द्रको भिनाजुको रूपमा पनि चिनिन्छ ।

एकपटक ल्हासा व्यापार गर्न गएको टोलीलाई तिब्बतका यक्षिणीहरूले आÇनो जालमा पारी नेपाल फर्कन नै नदिने चाल रचेका थिए । यक्षिणीहरूको माया, मोह, प्रेमले गर्दा ल्हासा गएका सम्पूर्ण व्यापारीहरूलाई नेपाल फर्कने सोचविचारसमेत रहेन ।

त्यसबेला करूणामय लोकेश्वर मत्स्येन्द्र्रनाथले सिंह सार्थवाहुलाई दर्शन दिनुभयो र यक्षिणीहरूका चालको सबै यथार्थ बताउनुभयो र जति सक्दो छिटो ल्हासा छोड्न आदेश दिनुभयो । अन्यथा यक्षिणीहरूले उनीहरूलाई आÇनो आहारा बनाउने र अहिले उनीहरूलाई सेवा गरी पालिराखेको त दशैँको लागि बोका पालेसरी हो भनी सम्झाउनुभयो । “यदि तिमीहरू नेपाल फर्कन चाहन्छौ भने ब्रहृमपुत्र नदीको किनारमा एउटा सेतो वायुपङ्खी घोडा फेला पार्नेछौ र त्यसकै सहायताले नेपाल फर्कन सफल हुनेछौ । घोडा चढिसकेपछि पछाडि नफर्कनू अन्यथा भिक्षुणीहरूको आहार बन्नेछौ” भनी सतर्कसमेत गराई अन्तध्र्यान हुनुभयो । यसरी भगवान् मत्स्येन्द्रनाथको आज्ञाअनुसार सम्पूर्ण व्यापारीहरू यक्षिणीहरूलाई थाहा नदिई आफूले बोक्न सक्ने श्रीसम्पत्ति, सुनचाँदी, हीरा–मोतिजस्ता बहुमूल्य सामानका साथ ब्रहृमपुत्र नदीको किनारमा आइपुगे र सेतो वायुपङ्खी घोडामा चढ्न थाले । भगवान् मत्स्येन्द्रनाथको आदेश नमान्नेहरू सबै यक्षिणीहरूको आहार बन्नपुगे । सिंह सार्थवाहु एकजना मात्र करुणामय लोकेश्वर मत्स्येन्द्रनाथको कृपाले नेपाल आइपुग्न सफल भए । मृत्युको मुखबाट बचेर सम्पूर्ण सम्पत्तिको साथ आउन सफल भएको खुशियालीमा सिंह सार्थवाहुलाई सिन्दूर जात्रा गरी ठहिटीको भगवान्बहालमा प्रवेश गराइयो । उक्त घटनाको सम्झनामा आजसम्म पनि होली पूर्णिमाका दिन एक–अर्कामा अबीर दलेर सिंह सार्थवाहुको मूर्तिलाई सिन्दूर जात्रा गरी खुशियाली मनाइने परम्परा रहेको छ ।

एक रात औँसीको दिनमा ल्हासाका यक्षिणी, जुन सिंह सार्थवाहुकी प्रेमिका थिइन्, आएर नेपालीहरूलाई दुःख दिइरहेको कुरा सिंह सार्थवाहुले चाल पाए । धेरै सम्झाउँदा पनि नमानेको र उल्टै सिंह सार्थवाहुलाई नै मारी खान अघि सरेपछि सिंह सार्थवाहुले करुणामय मत्स्येन्द्रनाथको आराधना गर्न थाले । भगवान् लोकनाथ करुणामय मत्स्येन्द्रनाथले पनि आÇना भक्त सिंह सार्थवाहुको रक्षार्थ चन्द्रहास खड्ग प्रदान गर्नुभयो जुन चन्द्रहास खड्ग लिई यक्षिणीसँग युद्ध गर्दा यक्षिणी परास्त भइन् र सिंह सार्थवाहुले मन्त्र–तन्त्रको माध्यमबाट उनीलाई कैद गरी राखे । उनलाई खानको लागि “भात पकाएको अघिल्लो पक्ष खाने कि पछिल्लो पक्ष ?” भनी सोध्दा उनले “सिंह सार्थवाहुले भन्दा अघिनै खाने” भनिन् । “भात पकाएको अघिल्लो पक्ष खान्छु” भन्दा भातको माड मात्र खुवाउने चलन रहृयो । त्यस ठाउँलाई आजसम्म पनि ‘जा ती गाः’ भनिन्छ अर्थात् भातको माडको खाल्डो भनिन्छ भने उक्त यक्षिणीलाई ‘जा ती गाः अजिमा’ भनेर पूजा गर्ने चलन यद्यपि छँदैछ ।

जय गुरुदेव ।

Related Post
श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्रीस्वस्थानी माताको व्रत विधि र कथा विभिन्न भाषामा पाइन्छ । नेपाली भाषाका ग्रन्थहरूमा व्रत विधि र संस्कृत भाषाका श्रीस्वस्थानी व्रतकथा (संस्कृत भाषा) पद्मपुराणबाट लिइएको छ भने कथाको स्रोत स्कन्दपुराण केदारखण्ड माघ माहात्म्यलाई दिइएको छ ।

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

यस एकादशिमा तिलको अत्यन्त महत्व रहेको छ । तिलको ६ प्रकारको प्रयोगबाट हजारौ जन्ममा गरेको पाप कर्महरु नाश हुने मन्याता छ भने मृत्यु पछी बैकुंठ मा बास हुने छ । बिहान सुर्यदय भन्दा पहिला उठेर जलमा तिल मिसाएर स्नान गर्नु पर्दछ ।