आज बुद्ध जयन्ती

बुद्ध जयन्ती

आजभन्दा २५६५ वर्षअघि वैशाख शुक्ल पूर्णिमाका दिन पिता शुद्धोधन र माता मायादेवीको गर्भबाट शान्तिका अग्रदूत गौतम बुद्धको जन्म नेपालको कपिलवस्तु जिल्लाको तिलौराकोट भन्ने ठाउँमा भएको थियो । शाक्य वंशको राजकुलमा जन्मनुभएका सिद्धार्थ गौतम सानै उमेरदेखि दया, करूणा र स्नेहका धनी हुनुहुन्थ्यो । माता मायादेवी उहाँलाई जन्माएको सातौँ दिनमा दिवंगत हुनु भएपछि सिद्धार्थ गौतमको लालन पालन उहाँकी सानी आमाबाट भयो । पछि उनीले राजा शुद्धोधनसँग विवाह गरिन् ।

जन्मनासाथ ज्योतिषहरूबाट उहाँका बारेमा शुभ भविष्यवाणी भएको थियो, उहाँ एकान्तमा बसेर मानिसले जीवनमा झेल्नुपर्ने रोग, वृद्धावस्था र मृत्युबारे सोचिरहनु हुन्थ्यो । यी समस्याहरूको समाधानका उपाय सोच्दासोच्दै उहाँ आफैमा हराउनुहुन्थ्यो । सिद्धार्थ गौतमको यस्तो अवस्था उहाँका अविभावकलाई मन नपर्नु स्वभाविक नै थियो । राजकुमार भई राजकुलमा जन्मेका बालक सदा एकान्तमा चिन्तन मनन गरिरहने देखेर छोरा सप्रिएला कि भनेर राजा शुद्धोधनले उहाँको विवाह राजकन्या यशोधरासँग गरिदिए । यसपछि सिद्धार्थ गौतमलाई पुत्रलाभ भए पनि उहाँको स्वभावमा कुनै परिवर्तन आएन । उहाँ मानिसका त्रिताप हटाउनमा नै लागिरहनुभयो ।

अक्षय आनन्दको खोजीमा भौँतारिरहने सिद्धार्थ गौतम उनन्तीर वर्षको अल्पायुमा एकदिन महल छोडेर निस्कनुभयो । बाटामा धेरै दुःख, कष्ट पाए पनि उहाँ शान्तिको खोजका लागि अटल रहनुभयो र अन्तमा भारतको गया भन्ने ठाउँमा पुगेर ध्यानस्थ हुनुभयो । केही कालपछि उहाँलाई ज्ञान प्राप्त भयो र त्यसपछि उहाँ सिद्धार्थ गौतमबाट गौतम बुद्ध कहलिनु भयो । संसारमा कुनै पनि पदार्थ स्थिर छैन, सदा परिवर्तनशील यी पदार्थहरूमा आसक्ति नै मानिसको दुःखको कारण हो भनेर उहाँले संसारलाई आÇनो ज्ञान दिनुभयो । नाशवान् र क्षणिक वस्तुमा आसक्त व्यक्तिको ज्ञानचक्षु बन्द हुने हुनाले उसले दुःखलाई पनि सुख ठानेर त्यसैमा लीन हुन्छ । यतिबेला उसको स्वभाव कर्तव्य अकर्तव्यलाई छोडेर मोहान्धतावश मात्र कार्य गर्ने हुनाले ऊ पापमा फँस्दछ । यस पापलाई हटाउन भगवान् बुद्धले अष्टशील सिद्धान्तको प्रतिपादन गर्नुभयो । भनिन्छ, यस अष्टशीललाई धारण गर्ने जो कोही पनि प्रज्ञावान् भएर निर्वाण प्राप्त गर्न समर्थ हुन्छ । उहाँको शिक्षा प्रेम र अहिंसामा आधारित छ । बौद्ध धर्मलाई अनुसरण गर्ने मुलुकहरूमा नेपाल, चीन, जापान, मंगोलिया, तिब्बत, म्यान्मार, सिलोन, थाइल्याण्ड, भूटान आदि पर्दछन् ।

सुख प्राप्तिको लागि शील, समाधि र प्रज्ञा नितान्त आवश्यक छन् । यी तीन योगहरूबाट पोख्त व्यक्तिलाई मृत्युपछिको मुक्ति अथवा निर्वाणको कुनै आवश्यकता हुँदैन किनकि यस्ता त्रियोगमा दत्तचित्त व्यक्तिको लागि सदासर्वदा मुक्तिको ढोका खुला रहन्छ । आÇनो बोलीद्वारा अर्काको मन नदुःखाउनु, मनले अर्काको कुभलो नचिताउनु र शारीरिकरूपमा कसैको बध नगर्नुजस्ता बुद्धका शिक्षाहरूलाई आजको भयावह युद्धको चपेटामा परिरहेको र अशान्ति, तनाव, रोग, अभाव, हिंसा, क्रोध, असमानता, दारिद्र्यता, तँछाडमछाड र निष्ठुरताको ज्वालोमा दन्किरहेको विश्वमा तत्काल ब्यवहारमा ल्याउनु आवश्यक भइसकेको छ ।

जीव विषय वासनाहरूबाट घेरिएको छ । यी वासनाहरूका कारण जीव सदा दुःखलाई सुख र अशान्तिलाई आनन्द ठानेर विषय वासनाहरूको ज्वालामा होमिन लालायित भइरहेको छ । मानिसको यो आशक्ति र अज्ञान नै सम्पूर्ण पाप र दुःखहरूको मूल कारण हो । त्यसैले, यसको निवारणार्थ भगवान् बुद्धले शील (आचरण) मा विशेष जोड दिनु भएको छ । शीललाई उचित मार्गमा डो¥याएपछि चिन्तनको विकास हुन जान्छ । चिन्तन मननद्वारा चित्तमा रहेका तृष्णारूपी विषय वासनाका विषहरूलाई परिसमाप्त पार्नुपर्दछ । यसको परिसमाप्ति ज्ञानले मात्र हुँदैन । चेतनाबाट अन्तःकरणका विषय वासनाहरू त ज्ञात हुन्छ तर यसलाई प्रत्यक्ष रूपमा साक्षात्कार गरिएपछि मात्र क्लेशहरूलाई हटाउन सकिन्छ । भगवान् बुद्धले सुख तथा शान्ति प्राप्तिका लागि शील, समाधि र प्रज्ञालाई अत्यन्त महŒवपूर्ण तŒव मान्नुभएको छ । प्रज्ञाले विषय विकारको प्रत्यक्ष ज्ञान गराउँछ ।

बुद्ध धर्मको सिद्धान्तअनुसार पञ्चमहाभूतबाट यो सृष्टिको रचना भएको हो र सृष्टिका सम्पूर्ण पदार्थ क्षणभङ्गुर अर्थात् नाशवान् छन् । यसमा आसक्ति (मोह) राख्नु नै दुःखको कारण हो । मानिसका मनमा प्रत्येक पल स्फुरण भइरहने उत्कट इच्छाहरूलाई दमन गर्नु नै दुःख निवारण र निर्वाण प्राप्तिको सरल उपाय बताउने बुद्धका सैद्धान्तिक कुराहरूलाई व्यवहारमा लागू गर्न सकेमा मानव महामानव बन्ने कुरामा दुईमत छैन ।

यो सहस्सं सहस्सेन संग्रामे मानसेजिते ।

एकञ्च जेøय अतानं सङ्गवे साङ्गमजुत्तमो ।।

अर्थात् लडाइँमा हजारौँलाई जित्नुभन्दा आफूलाई जित्न समर्थ नै सङ्ग्राम विजयी कहलाउँछ भन्ने बुद्धको महावाणीलाई सबैले आत्मसात् गर्न सकून् भन्ने कामना गर्दै साम्प्रदायिक भावनालाई त्यागेर उहाँको जन्मजयन्ती धूमधामसँग मनाउनु सम्पूर्ण शान्तिप्रेमी मानवको कर्तव्य हुन आउँछ भन्ने यथार्थ बोध होस् भन्ने कामना बुद्ध जयन्तीको यस पावन अवसरमा गर्न सकिन्छ ।

Related Post
श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्रीस्वस्थानी माताको व्रत विधि र कथा विभिन्न भाषामा पाइन्छ । नेपाली भाषाका ग्रन्थहरूमा व्रत विधि र संस्कृत भाषाका श्रीस्वस्थानी व्रतकथा (संस्कृत भाषा) पद्मपुराणबाट लिइएको छ भने कथाको स्रोत स्कन्दपुराण केदारखण्ड माघ माहात्म्यलाई दिइएको छ ।

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

यस एकादशिमा तिलको अत्यन्त महत्व रहेको छ । तिलको ६ प्रकारको प्रयोगबाट हजारौ जन्ममा गरेको पाप कर्महरु नाश हुने मन्याता छ भने मृत्यु पछी बैकुंठ मा बास हुने छ । बिहान सुर्यदय भन्दा पहिला उठेर जलमा तिल मिसाएर स्नान गर्नु पर्दछ ।