खानी खन्न आउनेले बसाए बस्ति

कृष्ण अन्जान,पुर्तिघाट✍️

कालीगण्डकी गाउँपालिका गुल्मीका पहाडी भुभागहरुमा अहिले पनि खानी खनिएका अवशेषका खाल्टा खुल्टि हरु प्रसस्तै देख्न सकिन्छ । त्यसोत यहाँका गाउँहरुका नाममा पनि पनि खानी जोडिएका छन ।  

जयखानी ,दबुँगखानी ,जोखुम खानी ,लम्करा खानी ,मुल्जर खानी लगाएत धेरै गाउँ हरु खानीका नाम सँग जोडिएका छन र खानीकै वरिपरि छन । 

करिब दुई शताब्दि अगाडी रोल्पाबाट खानी मजदुर हरु यहाँ आएको भनाई छ र पछि उनिहरुले नै यो क्षेत्रमा बस्ति बसाएको इतिहासले भन्छ । यी खानीहरु कालीगण्डकी गाउँपालिकाका वडा न २ ,३,४,५ मा रहेका छन । 

रोल्पा बाट खानी खन्न आएका खानी मजदुर हरुले मासिक रुपमा पाँच धार्नि देखि सात धार्नि सम्म तामा राज्यलाई बुझाउने गरेको ईतिहास छ । अत्यन्तै कठिन र खानी भित्र राँका बालेर तामा निकाल्न जानू पर्ने र खानी खन्ने काम दुखको भएको पुराना बुढापाका हरुले सुनाएको गुल्मी फोक्सिँगका वोम बहादुर सुत्पाराईले सम्झना गर्छन । 

हाम्रो पुर्खानै यो ठाउँमा खानी खन्न आएको हो र यहि निर्जन ठाउँलाई आवाद गरेर यहिँ बस्यो सुत्पाराईले भने । 

करिब दुईसय वर्ष अगाडी रोल्पाबाट लाटा घर्तीको टोली यो क्षेत्रमा आएर खानी खन्न थालेको र उनका सन्तान दर सन्तान हरु यतिबेला यो क्षेत्रमा भरिएका छन l

रोल्पालि पछि बाग्लुङ ,डोल्पा लगाएतका क्षेत्रहरुबाट पनि खानी मजदुर यो क्षेत्रमा आएर खानी खनेको र यहिँ बसोवास गरेको पाईन्छ । 

यी बस्तीहरुमा मगर समुदायको बसोवास धेरै छ र उनिहरुले नै कालीगण्डकीका यी गाउँहरु आवाद गरेर बस्न लाएक बनाएको कसैबाट लुकेको छैन । 

लामो समय सम्म यो क्षेत्रको जिविकोपार्जन खानी खन्ने काम भएपनि गिरिबहादुर बुढाथोकीका पालमा सरकारले खानी खन्ने काम बन्द गराए पछि यहाँका खानीहरु खण्डहरमा परिणत भएका हुन र झाडि भित्र रहेका छन । 

खानी खन्न बन्द भएपनि खानीकै कारणले यहाँ आउने हरुले बसालेका बस्तिहरु यतिबेला सडक ,बिजुली ,खानेपानी ,शिक्षा , लगाएतका पुर्वाधारले विकसित बनेको छ ।  

सबैभन्दा ठुलो कुरा त यी बस्तीहरुको तल्लो भेगबाट गएको उत्तरलाई दक्षिण जोडने कालीगण्डकी करिडोरमा यी बस्तीहरुका शाखा सडक हरु जोडिए पछि नजिकका शहरहरुको पहुँचमा पनि सजिलो भएको छ ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।