बलात्कृत ११ वर्षीय बालिकाले बच्चा जन्माईन

काठमाडौं । बाबुको भन्दा बढी उमेरको छिमेकीबाट बलात्कृत ११ वर्षीया अन्जु नाम परिवर्तनले बुधबार बिहान विराटनगरको कोसी अञ्चल अस्पतालमा बच्चा जन्माएकी छन् ।

झापा खुदुनाबारी–१ टप्पु गाउँकी अन्जुले बलात्कारको २८ हप्तापछि सामान्य अवस्थामा छोरा जन्माएकी हुन् । साढे ६ महिनामै जन्मिएको बच्चाको तौल एक किलो दुई सय ग्राम रहेको छ ।

प्रसूतिपछि आमाको अवस्था सामान्य छ । बच्चालाई अक्सिजनको कमिले आईसियूमा राखिएको छ । समय नपुगी जन्मिएका कारण बच्चाको अवस्था खतरामुक्त नरहेको चिकित्सकको भनाई छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।