चिनियाँहरूको ओलम्पिक सपना

बीस वर्षअघि सन् २००१ जुलाई १३ तारिख राति तत्कालीन अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष जुआन आन्टोनिओ समरन्चले पैचिङमा २९ औं ओलम्पिक खेलकुद आयोजना गर्ने घोषणा गर्नुभयो। त्यही बेला हो चिनियाँहरूको ओलम्पिक सपना साकार भएको।

सात वर्षपछि अर्थात् सन् २००८ मा पैचिङले सफलताका साथ २९ औँ गृष्मकालीन ओलम्पिक खेलकुद र ३० औं पारा ओलम्पिक खेलकुदको आयोजना गर्‍यो।

सन् २०१५ जुलाई ३१ तारिख विश्वले फेरि एकपटक चीन र पैचिङ छान्यो। ओलम्पिक समितिका अध्यक्ष थोमस बाचले सन् २०२२ को हिउँदे ओलम्पिक खेलकुदको आयोजना अधिकार पैचिङले जितेको घोषणा गर्नुभयो। अहिलेसम्म गृष्मकालीन र हिउँदे दुवै ओलम्पिक खेलकुदको आयोजना गर्ने एउटा मात्रै शहर पैचिङ बनेको छ।

सन् २००१ जुलाई १३ तारिखदेखि आज पूर्ण रूपमा बीस वर्ष भइसक्यो। आजको चीन अझ समृद्ध र आत्मविश्वासिलो छ। हामी आगामी वर्षको पैचिङ हिउँदे ओलम्पिक खेलकुदको प्रतीक्षामा रहेका छौँ।

Related Post
बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

खेलको सुरुवाती समय दुवै टोलीले विपक्षी हाफमा बल पोसेसन बनाउँदै आक्रमण बुन्न खोजेपनि पोस्टमा प्रहार हुन सकेन । छैटौं मिनेटमा थियागोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयास पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।