गाउँकाे माया छपक्कै

  • By : रामकृस्ण कंडेल
  • समाज

कृष्ण अन्जान✍

गाउँकाे शुख छाडेर शहर पसेका हरुलाई पछिल्लो पटक मातृभुमीकाे आकर्षणले तान्न थालेकाे छ ।

रुरुक्षेत्रकाे वडा न १च्यूरेक का ओम ज्ञवाली यतिबेला आफ्नै गाउँमा रमाउँदै हुनुहुन्छ ।

करिव नौ वर्षको काेरिया बसाई पछि बुटवललाई कर्मथलाे बनाउँदै आउनु भएका ज्ञवालीलाई आफ्नाे पुर्ख्यौली थलाेले यसरी तानेकाे छ कि जतिबेला पनि बाबू बाजेकाे माटाेमा लडिबुडि गर्नु हुन्छ ।

फेरि तिनै दिन सम्झना बनेर आए यहि माटाेमा हुर्कियाे बढियाे दाउरा घाँस यहि माटाेमा गरेकाे र यिनै पाखा पखेरामा रमाएका पुराना याद हरु उता वस्दा झल्झल्ति आए भएन गाउँ फर्किएन भने त पुर्खाकाे थलाे ले सराप्छ भनेर फर्केँ बारीमा भदौरे झार काट्दै ओम ज्ञवालीले भन्नु भयाे ।

हुनपनि वर्षको करिब दुईतिहाई दिन च्यूरेक तिर बिताउने ओम ज्ञवालीले गतवर्ष मात्रै स्थानिय नेटाई पाेखरीमा सुविधा सम्पन्न नया घर समेत बनाउनु भएकाे छ ।

गाउँ फर्काउन उत्प्रेरित गर्नु पर्छ भन्ने हाम्रो मान्यता हाे गाउँकै केही समाजसेवि भनाउँदा हरुले हामी पनि बटौली झर्ने भनेकाे तिमिहरु यता निस्केछौ भन्दै निराश बनाएकाे मा ओम ज्ञवालीले दुख व्यक्त गर्नु भयाे ।

बुटवलमा व्यवसाय गर्ने हरि ज्ञवालीले पनि गाउँ मै फर्कने मनसायले गाउँकाे जग्गा चर्कै माेलमा खरिद गरेर नयाँ अध्याय शुरुवात गर्नु भएकाे छ ।

आफ्नाे गाउँकाे माया कसरी मार्न सकिन्छ र ? अब पछिल्ल दिन गाउँमै बस्ने तयारी गर्दै छु हरि ज्ञवालीले भन्नु भयाे ।

हामी शहर झरेका हरु फेरी गाउँ तिर फर्कँदा सबैका लागि उर्जा हुन्छ ज्ञवालीकाे भनाई छ । तेस्तो पछिल्लो पटक धेरै मान्छेलाई गाउँले खिचेकाे छ । गाउँकाे बसाईमा आफ्नै खालकाे आनन्द र नयापनकाे आभाष भएर हाेला शहर तिर अवसरकाे खाेजिमा जाने हरुलाई गाउँले आकर्षित गर्दैछ ।

रुरुक्षेत्रकाे च्यूरेक गाउँमा त जग्गा खरिद गर्न खाेज्ने हरुले पनि पाउन छाडेका छन ।

घर आँगनमै सडक झलमल्ल बिजुली एकघर एकाधारा सँगै बस्न पनि सित्तलाे र उत्पादन पनि राम्रै हुने भएपछि गाउँमा बेचेर शहर तिर जाने हरुले एउटा घडेरी खाेजि रहेका छन तर कसैले एक राेपनि पनि जग्गा बेच्न खाेज्दैन ।

रिडीबजारका व्यवसायी हरु पनि याे क्षेत्रकाे ठुलापाेखरा देखि स्यालपाेखरी सम्मकाे डाँडाकाे क्षेत्रमा घडेरी खरिद गर्दै बसाेबास माथि गर्ने र रिडीमा व्यवसाय गर्ने साेँच बनाएकाे बताउँछन ।

बसाईकाे दृष्टिकोणले च्यूरेककाे उपल्लो भाग अत्यन्तै ठिक छ र माथिल्लो भागलाई एकीकृत वस्ति विकास गर्दै रेसिडेन्टल क्षेत्र र रिसाेर्ट हरुकाे निर्माण समेत गरिनु पर्छ रुरुक्षेत्रका युवा नेता हिमाल श्रेष्ठ आफ्नाे अवधारणा प्रस्तुत गर्नु हुन्छ ।

यतिबेला च्यूरेककाे सालविसाउना हुँदै स्यालपाेखरी देखि पानी टँकि सम्म जाने बाटाेकाे स्तरउन्नति सँगै कालाे पत्रेका लागि टेन्डर भई सकेकाे छ ।यहि बाटाेलाई तानसेन रिडी माेटरबाटाे मा जाेडे पछि यातायातकाे सहजता हुनेछ भने यहि सडकका वरिपरिका सहायक सडक सँगै माथिल्लो च्यूरेक सँग जाेड्ने गरि रातामाटा बुढाआँप गाेलपाेखरी ठाडाबाटा बिसौना मा सालविसौना स्याल पाेखरि पानीटँकी मुख्य सडकमा रिँगराेडकाे राेपमा जाेडिएकाे छ ।

यसै गरि जानपाटाकाे घुम्टि देखि नेटाईपाेखरी ठुला पाेखरा देखि दाेबाटामा जाेडिएकाे सडक स्ताराेन्नति भए सँगै दुईबटा रिँगराेडले च्यूरेकलाई घेरे सँगै याे गाउँकाे सबै क्षेत्र बस्न लाएक हुने भएकाले पनि च्यूरेकमा जग्गा प्रति अाकर्षण बढेकाे पाईएकाे छ ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।