केन्पो खुकुरी नेशनल चयाम्पियनसीप प्रतियोगिता असोज ८ र ९ गते काठमाडौमा हुने

केन्पो खुकुरी नेशनल चयाम्पियनसीप प्रतियोगिता आगामी असोज ८ र ९ गते काठमाडौमा हुने भएको छ । यसअघि जेठमै वुटवलमा प्रतियोगिताको आयोजना गर्ने भनेपनि कोरोना महामारीका कारण स्थगित भएको थियो ।

केन्पो खुकुरी नेशनल मार्शल आर्टस संघका केन्द्रीय अध्यक्ष पूर्ण पाण्डेका अनुसार आगामी भदौ १ गतेदेखि केन्पो खुकुरी प्रशिक्षक प्रशिक्षण शुरु हुनेछ । आगामी असोजमा काठमाडौमा शुरु हुने प्रतियोगितामा २० देखि ३० वर्ष उमेर समूहका महिला तथा पुरुषहरुले भाग लिन पाउने संघले जनाएको छ । प्रतियोगिताको लागि सातै पदेशबाट खेलाडी लिने संघले बताएको छ ।

प्रतियोगितामा बिजयी खेलाडीलाई एक लाख नगदका साथै पदक दिईने र उपविजेतालाई २५ हजार नगद र पदक दिने बताईएको छ । अहिले ३०० खेलाडीलिाई क्लोज क्याम्पमा राखेर प्रशिक्षण दिईरहेको संघका अध्यक्ष पाण्डेले बताएका छन् ।

त्यस्तै केन्पो खुकुरी नेशनल मार्शल आर्टस संघको पोखरामा सम्पन्न केन्द्रीय समितिके वैठकले गण्डकी प्रदेशको नयाँ समिति गठन गरेको छ । कार्यसमितिको अध्यक्षमा विष्णु पुन,बरिष्ठ उपाध्यक्षमा मनोज खड्का,उपाध्यक्षमा तारा शर्मा, शान्ता सिंश बस्नेत,खेम गुरुङ ,हरिराज कोईराला,महासचिवमा सन्दीप कोईराला,सचिवमा विष्णु पोखरेल,कोषाध्यक्षमा पुरुषोत्तम पौडेललाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा दिपेन्द्र शर्मा, गोविन्द भुषाल,विष्णुहरि भुगाई,श्रीकृष्ण पौडेल,दिनेश केसी,बलबहादुर सुनार९अमन०,दिपेन्द्र अधिकारी,ऋषि बस्नेत,मह्मद जुमार अली रहने निर्णय गरेको छ । त्यस्तै कानुनी सल्लाहाकारमा कुञ्जनी परियार९प्यासी० लाई राख्ने निर्णय गरेको छ ।

Related Post
बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

खेलको सुरुवाती समय दुवै टोलीले विपक्षी हाफमा बल पोसेसन बनाउँदै आक्रमण बुन्न खोजेपनि पोस्टमा प्रहार हुन सकेन । छैटौं मिनेटमा थियागोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयास पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।