ताराखोला समाज जापानले गर्‍यो बाढि पीडित र स्वास्थ चौकिलाई १५ लाख सहयोग

  • By : रामकृस्ण कंडेल
  • समाज

पूर्णभद्र निउरे, ताराखोला✍

ताराखोला समाज जापानको सहयोगमा बागलुङको ताराखोलामा शनिबार एक कार्यक्रमका बीच बाढि पीडितलाई राहत रकम र स्वास्थ चौकिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

रोजगारीको शिलशिलामा जापानमा रहेका ताराखोला बासिन्दाद्वारा गठित ताराखोला समाज जापानको सहयोगमा ताराखोला समाज ताराखोलाको संयोजनमा बाढि पीडितको लागि ७ लाख रकम र हिल स्वास्थ चौकीका लागि ८ लाख बराबर कै स्वास्थ सामाग्री प्रदान गरिएको हो।

कार्यक्रममा ताराखोला गाउँपालिका भित्र बिभिन्न समयमा बाढि पहिरोका कारण पीडित भएका ३५ परिवार मध्य वडा न १ मा २,वडा न २ मा ११,वडा न ३ मा १४ वडा न ४ मा २ र वडा न ५ मा ५ परिवारलाई न्युनतम ५ हजारदेखि अधिक्तम १लाख २० रुपैयाँ राहत र वडा न ३ मा रहेको हिल स्वास्थ्य चौकीका लागि ७ लाख बराबर कै भीडियो एक्स–रे मेशिन र एनालाइजर मेशिन १/१ थान प्रदान गरिएको ताराखोला समाज ताराखोलाका सचिब गणेश कार्कीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तिले वैदेशिक रोजगार मा रहेर जन्मभूमिमा हुने हरेक खालका बिपद र सामाजिक विकासमा सहकार्य गर्दै आइरहेको ताराखोला समाज जापान प्रति आभार प्रकट गरे ।

कार्यक्रम मा वडा न २ का वडा अध्यक्ष भद्र बहादुर घर्ति, ३ का अध्यक्ष डिल बहादुर बस्नेत, हिल स्वास्थ चौकिका प्रमुख प्रकाश शर्मा ताराखोला समाज ताराखोलाका सदस्य खडक कार्की लगायतले मन्तव्य राखेका थिए ।

ताराखोला समाज ताराखोलाका अध्यक्ष गणेश चोखालको अध्यक्षता, सचिव गणेश कार्कीको संचालन र सदस्य कुल बहादुर रोकाको स्वागतमा सम्पन्न भएको थियो ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।