भलिबल खेलाडी चु थिङको कथा-१

आजको कथा चीनको मध्य भागमा रहेको मैदान क्षेत्रमा अवस्थित एउटा सानो गाउँबाट शुरु गरौं। यस गाउँको नाम चु ता लौ गाउँ हो, जुन चीनको कृषि प्रान्त ह नान प्रान्तको चौ खौ नामक एउटा सानो शहरको छेउमा रहेको छ। यस गाउँमा चु थरको एउटा परिवार छ। सो परिवारका चु आन ल्याङ र उनकी श्रीमती याङ श्वे लानकी पाँच छोरी छन्।

एक दिन चु आन ल्याङले एउटा कुराप्रति चिन्ता व्यक्त गरेका थिए। के कुराप्रति चिन्तित थिए? साँहिली छोरी हाई स्कूलमा पढिरहेकी थिइन्। उनको पढाई ठीकै थियो तर उनी धेरै खाना खान्थिन्। तेह्र वर्षको उमेरमा उनको उचाइ एक मिटर सत्तरी सेन्टिमिटर पुगेको थियो। चु आन ल्याङले साँहिली छोरीलाई पनि उनकी दुईजना दिदी जस्तै पढाई छोडेर बाहिर काम गर्न गराउन खोजेका थिए, जसबाट परिवारमा देखिएको समस्या घटाउन सकिन्थ्यो।

एक दिन बिहान साँहिली छोरी अर्थात् चु थिङ पढाईका लागि घरबाट निस्कन लागेको बेलामा चु आन ल्याङले भने, चु थिङ, तिमी ठूली भइसकेकी छौ, तिम्री दुईजना दिदी अलि चाँडै नै बाहिर काम गर्न निस्केका थिए। दुई दिन अगाडि तिम्री दिदीले उनको कारखानामा कामदार भर्ना गर्न थालेको कुरा लेख्दै मलाई चिठी पठाएकी थिइन। हामी ग्रामिण क्षेत्रका मान्छे हौं, तिमीले पनि त्यस्तै गर्नुपर्छ।

बुवा तपाईँ मलाई त्यसो नभन्नुहोस्। मलाई मेरा दिदीहरु जस्तै बाहिर काम गर्न मन लाग्दैन। मैले पढ्नुपर्छ। माध्यामिक स्कूलपछि मैले उच्च विद्यालयमा पढ्नुपर्छ। उच्च विद्यालयमा पढेपछि म पैचिङ विश्वविद्यालयमा पढ्ने छु।

यसो भन्दै चु थिङ आफ्ना बुवाको कुरालाई वास्ता नगरी घरबाट विद्यालयतर्फ लाग्छिन्। चु आन ल्याङ पनि छोरीको कुरा सुनेपछि रिसाएर उनकै पछिपछि लाग्छन्। विद्यालय प्रवेश गर्दा त्यहाँ एक वयस्कसँग भेट हुन्छ। ती वयस्कले सोध्छन्,

दाजु, तपाईँ कसलाई भेट्न खोज्नुभएको हो?

चु थिङ। म उनका बुवा हुँ।

तपाईँ चु थिङका बुवा हुनुहुन्छ? म चु थिङका शिक्षक चाङ सिन यी हुँ।

शिक्षक चाङले चुसँग कार्यालयमा विस्तृत रुपमा कुरा गर्छन्। त्यसपछि चुलाई भन्छन्,

चु थिङले हाई स्कूलको पढाई सिध्याउनुपर्छ। बाहिर काम गर्नका लागि पनि डिग्री हुनुपर्छ। चीनमा नौ वर्षसम्मको अनिवार्य शिक्षा तोकिएको छ। अनिवार्य शिक्षा के हो? तपाईँले बच्चाको माध्यामिक स्कूलको पढाई सिध्याउने जिम्मा वहन गर्नुपर्छ। यो राष्ट्रिय नियम हो। पढ्नका लागि अब दुई वर्ष बाँकी छ। दाजु, यस्तो गर्नु हुन्छ?

समय बित्दै थियो। दुई वर्षपछि चु थिङको पढाई सकिनै लागेको थियो। शिक्षक चाङले विद्यार्थीहरुलाई माध्यामिक स्कूलबाट स्नातक भएपछि “के गर्ने” सोधेका थिए। चु थिङलाई सोध्दा उनले जवाफ दिइन, गुरुजी, पहिले मैले उच्च विद्यालय पढ्न चाहेकी थिएँ, तर मेरा बुवाले मैले चाँडै नै काम थाल्नुपर्ने विचार गर्नुभयो, तपाईँको विचारमा म के गर्नसक्छु?

चु थिङ, तिमी दु:ख देखेर डराउँछौ?

म ग्रामिण क्षेत्रको मान्छे हुँ, म दु:ख देखेर डराउँदिन।

ठीक छ।

केही दिनपछि शिक्षक चाङ चु आन ल्याङ र चु थिङलाई लिएर चु ता लौ गाउँबाट तीस किलोमिटर टाढा रहेको चौ खौ शहरको खेलकुद विद्यालयमा जान्छन्। खेलकुद विद्यालयका उप-प्रमुख श्या लु हाईले धेरै अग्ली चु थिङलाई देखेर उफ्रिने र लङ जम्प लगायतको परीक्षण लिन्छन्। परीक्षणपछि श्या लु हाईले शिक्षक चाङलाई भन्छन्, तिमीले किन यति ढिलो गरी उसलाई यहाँ ल्याएको हो?

भलिबल सिकेका श्या लु हाईले चु थिङ एक जना उत्कृष्ट भलिबल खेलाडी बन्नसक्ने विचार लिन्छन्। तर त्यस बेलामा चौ खौ खेलकुद विद्यालयमा भलिबल खेल सिकाउने गरेको थिएन। श्या लु हाईले चु आन ल्याङलाई भनेका थिए, चु थिङ भलिबल खेल्न सहाउँदो केटी हो, सर्वप्रथम मकहाँ तालिम लिने छ, राम्रोसँग खेलेमा मैले हाम्रो प्रान्तको खेलकुद विद्यालयलाई सिफारिश गर्ने छु।

Related Post
बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

खेलको सुरुवाती समय दुवै टोलीले विपक्षी हाफमा बल पोसेसन बनाउँदै आक्रमण बुन्न खोजेपनि पोस्टमा प्रहार हुन सकेन । छैटौं मिनेटमा थियागोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयास पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।