ओलम्पिक : हारिन् सोनिया

जापानको टोक्योमा जारी ओलम्पिकमा नेपालबाट सहभागी जुडोकी सोनिया भट्ट पराजित भएकी छन् । नेपाली समयाअनुासर शनिबार बिहान भएको महिला ४८ केजी तौल समूहको पहिलो खेलमा भट्ट रुसी खेलाडी इरिना डोलगोभासँग हारेकी हुन्।

जापानको टोकियोमा जारी ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पराजित भएकी छिन् । शनिबार विहान भएको महिला ४८ केजी तौल समूहमा नेपालकी सोनिया रसियाका इरिना डोल्गोभासँग पराजित भएकी हुन् ।

खेलमा सोनिया १ मिनेट १६ सेकेन्डसम्म प्रतिस्पर्धामा रहेकी थिइन् । विश्व वरीयताको नवौं स्थानमा रहेकी इरिनाले इप्पोनको आधारमा सोनियलाई पहिलो चरणमामै पराजित गरिन् ।

अब इरिनाले फाइनलमा स्थान बनाए सोनियाले रेपेचेजमार्फत पुनः प्रतिस्पर्धा गर्न पाउनेछिन् । दोस्रो चरणको खेल आज नै हुनेछ ।

Related Post
बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

खेलको सुरुवाती समय दुवै टोलीले विपक्षी हाफमा बल पोसेसन बनाउँदै आक्रमण बुन्न खोजेपनि पोस्टमा प्रहार हुन सकेन । छैटौं मिनेटमा थियागोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयास पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।