गुल्मीका श्रीधर ज्ञवाली गाेरखापत्र सँस्थानकाे सँचालक समिति सदस्यमा नियुक्त

कृष्ण अन्जान/रामकृष्ण कंडेल✍
गाेरखापत्र सँस्थानकाे सन्चालक समितिकाे सदस्यमा श्रीधर ज्ञवाली नियुक्त हुनु भएकाे छ ।
नेपाल सरकारकाे असार १ काे निर्णय बमोजिम सँस्थानकाे सदस्यमा ज्ञवालीलाई नियुक्त गरिएकाे हाे ।
गााेरखापत्र सँस्थान सन्चालक समितिमा सरकारका तर्फ बाट एकजना सदस्य नियुक्त गर्ने ऐनमा उल्लेख भए बमाजिम ज्ञवालीलाई सदस्य मा नियुक्त गरिएको जानकारी गराइएकाे छ ।
सन्चार तथा सुचना प्रविधि मन्त्रालयमा उपसचिव पदमा कार्यरत श्रीधर ज्ञवाली रुरुक्षेत्र गाउँ पालिका वडा न १ च्यूरेक ठाडाबाटका स्थायि वासिन्दा हुनुहुन्छ ।
सँस्कृत माध्यमिक विध्यालय रिडीबाट प्रवेशिका उत्तीर्ण गर्नु भएका ज्ञवाली लामाे समय देखि निजामती सेवामा प्रवेश गरि हाल सँचार तथा सुचना प्रविधि मन्त्रालयकाे उपसचिव तहमा कार्यरत रहनु भएकाे छ ।