एमाले सचिवद्वय ज्ञवाली र विष्टले आज तम्घासमा कार्यकर्ता लाई सम्बोधन गर्दै

रामकृष्ण कंडेल ,वामीटक्सार ✍

गुल्मी,नेकपा एमालेका सचिवद्वय प्रदिपकुमार ज्ञवाली र गोकर्ण विष्टले आज आफ्नो गृह जिल्लाका एमाले अगुवा कार्यकर्ताको भेला लाई तम्घास स्थित इन्द्रेणी पार्टीप्यालेसको सभा हलमा सम्बाेधन गर्ने कार्यक्रम  छ।भेलामा केन्द्रीय कमिटिका सदस्यहरु, केन्द्रीय विभाग र निकायका सदस्यहरु,प्रदेश कमिटिका पदाधिकारी तथा सदस्यहरु,जिल्ला कमिटि,गाउँपालिका तथा नगरपालिका कमिटि,वडा कमिटिका पदाधिकारी तथा सदस्यहरु,जनसंगठनका केन्द्र,प्रदेश र जिल्ला तथा नगरपालिका र गाउँपालिका कमिटिका पदाधिकारी तथा सदस्यहरु,एमालेबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुको जिल्लाका १२ वटै स्थानीय तह बाट सहभागिता रहने भएको छ ।

भेला लाई पार्टी सचिवद्वय तथा पार्टी का अन्य जिम्मेवार नेता हरुले समेत सम्बोधन गर्ने बुझिएको छ ।

भेला सम्पन्न गर्न जिल्ला पार्टी मातहतका कमिटी र जनबर्गीय संगठनहरु परिचालन गरिएको तथा ब्यवस्थापकीय तयारी सबै पूरा भएको छ।

पार्टी विभाजनका नाममा अलमलमा परेका नेता कार्यकर्ता लाई स्पष्ट पार्न जिल्लामा बृहत भेला आयोजना गरिएको हो।

पार्टीमा देखिएको समस्या पछि पहिलो पटक हुन लागेको जिल्ला भेला लाई सन्देश प्रवाहका रुपमा देखाउने गरी एमालेको सम्पूर्ण पंक्ति परिचालन गरिएको छ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।