वृद्धाश्रमका आमाहरुका लागि माईति बन्याे सरस्वति माता फाउण्डेसन

  • By : रामकृस्ण कंडेल
  • समाज

कृष्ण अन्जान✍

जिवनका पछिल्ला दिनहरु वृदाश्रममा बिताउने बा आमा हरुका लागि पुराना दिनकाे सम्झेर बस्नुकाे विकल्प छैन ।

छाेरा छाेरीबाट टाढा रहनु पर्ने बाध्यता र आफ्नो बर्तमान छाेराछाेरीका भविष्यका लागि विताएर बुढेसकालमा वृद्धाश्रममा बिताउनु पर्दा मन सम्हाल्न त्यसै पनि गाह्रो छ ।

तिनै बा आमाको दुखेकाे मनमा मलम लगाउन दरखाने दिनमा सरस्वती माता फाउण्डेसनका भाई बहिनीहरुले रुरुक्षेत्रकाे रिडीबजारमा रहेकाे मानव कल्याण वृदाआश्रम का करिव दुई दर्जन बा आमा लाई दर खुवाएर वास्तवमै छाेरा छाेरी आएको झल्काे दिएका छन ।

सरस्वती फाउण्डेसनका आठजना भाई बहिनी हरु रन्जित ज्ञवाली प्रवेश ज्ञवाली अनिस गहतराज निशा ज्ञवाली प्रियन्का राना दिपेन्द क्षेत्री शुशिला नेपाली मनिष सुनार वृद्धाश्रममा छाेराछाेरी बनेर पुग्दा बृद्धबृदाहरुका आँखा बाट बलिन्द्र धारा आँसु झरे ।

त्यसै त बुढेसकाल छाेरा छाेरिले बृद्धश्रममा पुर्याएर फर्केर नआएको अवस्थामा छाेराछाेरी बनेर सरस्वती माता फाउण्डेसनका भाई बहिनिहरुले खिर पुरी तरकारी आफै पकाएर वृद्ध आमा हरुलाई खुवाउँदा मन सम्हाल्नै सकेनन आमाहरुले ।

एक्लै जीवन बिताई रहेका बा आमाका लागि छाेराछाेरी बन्ने प्रयास गर्यौँ सरस्वती माता फाउण्डेशनका अध्यक्ष रन्जित ज्ञवालीले भन्नुभयाे ।

जस्ले बा आमा बिर्सन्छ बा आमालाई हेला गर्छ ती असल छाेरा छाेरी हुनै सक्दैनन हाम्रो प्रयास तिनै परित्यक्त बा आमाका सच्चा छाेराछारी बन्न चाडपर्वलाई तिनै बा आमा सँग साट्न रमाईलाे गर्न यहाँ आई पुगेका हौँ बृद्धआस्रम मा पुगेका सरस्वति माता फाउण्डेशनका प्रवेश ज्ञवालीले भन्नु भयाे ।

दरखाने कार्यक्रमकाे आयाेजना गरेर वृद्धा आश्रम मा बसेका बा आमा प्रति सदभाव र माया दर्साएकाे मा मानव कल्याण वृद्धाश्रम सन्चालक समितिका अध्यक्ष जीवन कसजुले सानै उमेरका भाई वहिनीहरुकाे याे ईच्छाशक्तिले मानवियता अझै जिउँदाे रहेकाे आभाष भएकाे बताउनु भयाे ।

रुरु १ का वडाध्यक्ष रामलाल विकले सरस्वती माता फाउण्डेसनकाे याे मानविय कार्यले आफुलाई प्रभाव परेकाे बताउनु हुँदै वृद्ध आश्रमका लागि सक्दाे प्रयास गर्ने बताउनु भयाे । जिल्ला समन्वय समिति गुल्मीका उपप्रमुख तुल्सी श्रेष्ठले सरस्वती माता फाउण्डेशनका भाई बहिनीहरुकाे याे मानविय कार्य प्रशँसनिय भएकाे बताउनु हुँदै धन्यवाद दिनु भयाे ।

सरस्वती माता फाउण्डेसनका अध्यक्ष रन्जित ज्ञवालीकाे अध्यक्षता भएकाे दर खुवाउने कार्यक्रमकाे सन्चालन सचिव अनिश गहतराजले गर्नु भएकाे थियाे ।

दरखाने कार्यक्रममा उपस्थित आमा हरुले आफ्नो पालाका पुराना गित गाएर रमाईलाे गर्नु भएकाे थियाे ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।