सङ्खुवासभा घटना : छोराहरुले विदेश बाट घरमा पैसा पठाएको थाहा पाएपछि …

सङ्खुवासभामा एउटै परिवारका भएका ६ जनाकोे शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनास्थलबाट मु’चु’ल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अ’ज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको आइतबार ह’ ‘त्या गरेको बताइएको छ ।

प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको ह’ ‘त्या भएको थियो ।

घटनास्थलमा अहिले प्रहरी नायब उपरीरक्षक भीम दाहालको क’मा’ण्डमा रहेको अनुसन्धान टोलीले तालीमप्राप्त कुकुरसहित अनुसन्धान गरिरहेको छ । प्रहरी नायब उपरीक्षक सुवेदीसहितको टोली पनि घटनास्थलमै छ । हालसम्म घटनामा सं’लग्न दोषी पत्ता लाग्न नसकेको प्रनाउ सुवेदीले जानकारी दिए । उक्त क्षेत्रका विभिन्न नाका सिल गरेर ह’ ‘त्यामा सं’लग्नको खोजी भइरहेको जिप्रकाले जनाएको छ ।

अनुसन्धानमा खटिएको प्रहरीले आफूहरू ‘सकारात्मक दिशामा उन्मुख भएको’ जानकारी दिएको छ। संघीय प्रहरी कार्यालय धरानबाट ख’टिएको प्रहरी उपरीक्षक भीम दाहाल नेतृत्वको टोलीले अनुसन्धान प्रगतितिर रहेको जनाएको हो।

‘हामी सकारात्मक दिशा उन्मुख भएका छौं’, एसपी दाहालले भने ‘अहिले शवको मु’चु’ल्का तयार हुँदैछ। तथ्यहरूको अनुसन्धानबाट हामी पोजेटिभ वेमा छौं।’ शव उठाउने क्रम सुरू भएको जानकारी दिँदै एसपी कार्कीले अनुसन्धान प्रगति उन्मुख रहेको दाबी गरे। ‘तर अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा लिएका छैनौं’, उनले भने।

अनुसन्धानमा दाबी गरिएको प्रगति प्रहरी दोषी नजिक पुग्न लागेको हो भन्ने प्रश्नमा दाहालले भने ‘अहिले नै त्यसो भन्ने अवस्थामा पुगेका छैनौं। जे जति प्रगति भएको छ, हामी उत्साही छौं। अहिलेसम्मको अनुसन्धान जिरोमा मात्रै रूमल्लिएको छैन।’

एकै परिवारका ६ जनाको घट्ना सिंगो गाउँ त्र’सित छ। सोमबार बिहान घरभित्र र नजिकै परिवारका सदस्यको शव फेला परेको छ। ‘घटना रहस्यमय छ,’ जिल्ला प्रहरी कार्यालयका डीएसपी लालध्वज सुवेदीले भने। बौदमानका ५८ वर्षीय छोरा तेजबहादुर कार्की गम्बुट लगाएकै अवस्थामा मृत भेटिएका थिए। सोही घरमा रहेका ८५ वर्षीय बौदमान भने सकुशल छन्। उनी कान कम सुन्ने र आँखा पनि धमिलो देख्छन्। बौदमानकी ८४ वर्षीया श्रीमती पार्वता कार्की भने मृत भेटिएकी छन्।

तेजबहादुरकी ५२ वर्षीया पत्नी कमला र ३२ वर्षीया बुहारी रञ्जना कार्कीको शव घर नजिकैको खो’ल्सामा भे’टिएको थियो। ११ वर्षीय नाति दिपेन र ७ वर्षीया नातिनी गोमाको शव घरमाथिको खरबारीमा भेटिएको प्रहरी निरीक्षक खतिवडाले बताए। मृतक सबैका शव घरबाट सय मिटरको आसपासमा भेटिएका थिए।

काम गर्न जाँदा लगाउने लुगा लगाएको र गम्बुट, चप्पलसहित भएकाले उनीहरूको ज्या न बिहान वा बेलुकीको समयमा भएको हुन सक्ने स्थानीयको अनुमान छ। गम्बुट र चप्पल लगाएकाले भा’ग्दाभा’ग्दै उनीहरूको ह’ ‘त्या भएको प्रहरीको अनुमान छ।

‘कृषि पेसामा आबद्ध सामान्य आर्थिक अवस्था भएको परिवारको किन गरियो भन्ने आँकलन गर्नै सकिएन, लक्ष्मीभक्तले भने। घट्नापछि गाउँ नै त्र’सित रहेको उनले बताए। सकुशल भेटिएका ८५ वर्षीय बौदमान आइतबार साँझ खाना खाएर सुते।

बिहान उठेर हेर्दा कोही नदेखेपछि खोजी गर्ने क्रममा बौदमानले सबैभन्दा पहिले श्रीमतीलाई मृत भेटे। त्यसपछि उनले छिमेकीलाई खबर गरेका थिए। छिमेकीले प्रहरीलाई खबर गरेपछि बिहान ११ बजेतिर प्रहरी घटनास्थल पुगेको थियो। घरबाट ५ मिनेट टाढा छिमेकी रहे पनि बिहान मात्र घटनाका बारेमा जानकारी पाए।

तेजबहादुरका दुई छोराहरू वैदेशिक रोजगारीमा छन्। जेठो छोरा रमेश र नरेश दुवै मलेसिया छन्। रमेशकी श्रीमती रञ्जनाको यसै घटनामा परेकी छन्। नरेशकी श्रीमती मुना भने झापामा बस्छिन्। ‘धन कमाएर परिवार चलाउन विदेश गएका छोराहरूलाई अब हामीले कसरी खबर सुनाउने ?’ छिमेकी लक्ष्मीभक्तले पी’डा सुनाए, यो परिवारको छरछिमेकका कसैसँग झै–झ’गडा पनि थिएन। मिजासिला थिए। यो त रहस्यमय घटना भयो।’

तराईमा जग्गाको बैना गरेर बौदमानको परिवार जग्गापास गर्न जाने तयारीमा थियो। जग्गापास गर्न लागेको खबर पाएकाले घरमा पैसा राखेको हुन सक्ने आशंकामा उनीहरूको यो घट्ना भएको हुनसक्ने स्थानीयको अनुमान छ। तीजपछि उनीहरू तराईमा जग्गापास गर्न जाने तयारीमा रहेको मृतकका आफन्तले बताए।

सङ्खुवासभाको दक्षिणी भेगमा पर्ने मादी नगरपालिका कागजको मात्रै नगरपालिका हो, वास्तविकतामा चाहिँ यो एउटा विकट गाउँ हो । जिल्ला सदरमुकाम खाँदबारी र चैनपुर बजार हुँदै मादी नगरपालिकासम्म आउन ३ घण्टाभन्दा बढी समय लाग्छ । बरु, तेह्रथुमको वसन्तपुर हुँदै मोटरसाइकलमा जाँदा मादी नगरपालिका १, उम्लिङसम्म त्यो भन्दा अलि सहज रूपमा पुग्न सकिन्छ ।

मादीमा बास बस्नका लागि होटलहरुको प्रबन्ध छैन, स्थानीयवासीको घरमा बास मागेर रात कटाउनुपर्ने हुन्छ । यो स्थितिमा बाहिरको मानिसका लागि सङ्खुवासभाको मादीसम्मको यात्रा निकै नै कठिन छ । अहिले वर्षायाममा वसन्तपुरबाट यात्रा गर्दा हिलोको सामना गर्नुपर्ने भएकाले नयाँ मानिसका लागि मोटरसाइकलको यात्रा कठिन छ । स्थानीय युवाबाहेक अरूलाई यो बाटोमा मोटरसाइकल चलाउन मुस्किल छ ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको