गुल्मीको मुसिकोटमा रेडियो छत्रभुमीको प्रशारण सुरु

गुल्मी,सागर भन्डारी✍️

गुल्मीको मुसिकोट नगरपालिकामा दोश्रो रेडियोको रुपमा सामुदायिक रेडियो छत्रभूमीले आफ्नो प्रशारण आरम्भ गरेको छ ।रेडियोको मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको हो । 

उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै नगरप्रमुख खरेलले रेडियोहरु सुचनाका विश्वसनीय श्रोत भएकाले सिर्जनात्मक भई जनभावना अनुसार सेवा मुखी रुपमा निष्पक्ष भएर कार्यक्रम प्रशारण गर्न आग्रह गर्नुभयो । उहाँले रेडियोलाई आवश्यक पर्ने सहयोग गर्न मुसिकोट नगरपालिका सदैव तत्पर रहने भन्दै रेडियो सञ्चालन र निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले सञ्चार माध्यमले समाजको सबै वर्ग, क्षेत्र समुदाय र सम्प्रदायलाई समेटेर अगाडी बढ्नुपर्ने चुनौती रहेको भन्दै स्थानीय संस्कृति, सभ्यतालाई जोगाउँदै यसको प्रवद्र्धनमा समेत मद्धत पुर्याउने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा मुसिकोट नगरपालिकाकी नगर उपप्रमुख गगां श्रेष्ठले आफ्नै गाउँठाउँमा रेडियोको स्थापना हुँदा आफुलाई निकै खुसी लागेको भन्दै सबैको साथ सहयोग र सद्भावले रेडियो सफल हुने बताउनुभयो । 

कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे, नेकपा एमाले मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्ले, समाजसेवी हरिनारायण सापकोटा, नेपाल पत्रकार महासघं गुल्मीका कोषाध्यक्ष कौरव खत्री, युनिक खबर डटकमका सम्पादक रामकृष्ण कडेंल, शिक्षकहरु मोहनलाल पौड्याल, रोमाकान्त खरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै रेडियोको प्रगतीको कामना गर्नुभएको थियो । 

मुसिकोट नगरपालिका वडा नं १ पौँदी अमराईमा स्टेशन रहेको रेडियो १ सय वाट क्षमतामा ९३.६ मेगाहर्जबाट प्रशारण भईरहेको छ । रेडियोले सुचना र सञ्चारको क्षेत्रमा सत्य र तथ्यमा आधारीत सामाग्रीहरु प्रशारण गर्ने र आजबाटै नियमति प्रशारण आरम्भ गरेको स्टेशन म्यानेजर माधव खरेलले बताउनुभयो । 

रेडियो सञ्चालक समिति अध्यक्ष पूर्णबहादुर हितानको अध्यक्षता रहेको कार्यक्रममा शेयर सदस्य प्रकाश श्रेष्ठको स्वागत मन्तव्य र स्टेशन म्यानेजर खरेलको सञ्चालन रहेको थियो ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।