मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताका दर्शकहरूको लागि प्याराफिट तयार

रामकृष्ण कंडेल,युनिक खवर✍️

मणिमुकुन्द भलिबल क्लव तिलोत्तमा रुपन्देहीको आयोजनामा हुन गईरहेको ९औं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०८० लाई भव्य र सभ्यरूपमा सम्पन्न गर्नका लागि तयारीका कामहरू लाई तिब्रता दिईएको छ।क्लबका सदस्य सुदिप खत्रीका अनुसार एकैपटक २ हजार ५ सय जना दर्शकले सहज ढंगबाट हेर्न मिल्ने गरी प्याराफिट तयार गरिएको छ।खेल हेरिरहॅदा खेल प्रेमिहरू लाई थप आनन्द प्राप्तहोस भनी प्याराफिट निर्माण गरिएको र निर्माण कार्यमा निकै समय लागेको खत्रीले बताऊनुभयो।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण,तिलोत्तमा नगरपालिका उप-प्रमुख जागेश्वर देवी चौधरी,प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिब जयप्रकाश भट्टराई लगायतले खेलमैदान तथा प्याराफिट अबलोकन गरिसक्नु भएको सदस्य खत्रीले युनिक खवर डट कम लाई जानकारी दिनुभएको छ।

प्रतियोगिताको तयारी सम्बन्धमा प्रारम्भिक जानकारी दिनका लागि माघ १९ गते क्लवको आफ्नै खेल मैदान तिलोत्तमा-२ रुपन्देहीमा पत्रकार सम्मेलन समेत गरिएको खत्रीले बताऊनु भयो।उक्त पत्रकार सम्मेलनमा बिभिन्न मिडियाहरू बाट पत्रकार,क्लबका अभिभावकहरू,सहयोगी संघ संस्था,क्लबका पदाधिकारी हरूको उपस्थिती रहेको थियो।

खत्रीका अनुसार प्रतियोगिताको उपाधि विजेता टिमले नगद २ लाख रुपैयाँ, कप,मेडल प्रमाणपत्र,उपविजेता टिमले नगद १ लाख ५० हजार,रुपैया,कप,मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने छ।यसैगरी तृतीय टिमले नगद १ लाख तथा सान्त्वना टिमले नगद ५० हजार रुपैयाँ,प्रमाणपत्रबाट पुरस्कृत गरिने छ।प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडी,उत्कृष्ट सर्भर,स्पाईकर, डिफेन्स,ब्लकर,सेटर,प्रशिक्षक तथा अनुशासित खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ।

माघ २६ देखि फागुन २ गतेसम्म बुटवलमा नवौ संस्करणको मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०८० को आयोजनाले खेलप्रेमिहरू उत्साहित देखिएका छन।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको