सरकारी पैसामा औपचारिकताका लागि मात्र धान दिवश

युनिक खवर✍️

लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डाक्टर दामोदर भुसालले परिणामको प्रवाह नगरी सरकारी पैसामा औपचारिकताका लागि मात्र दिवस मनाउने परम्पराको स्थगन गर्ने समय आएको बिचार ब्यक्त गर्नुभएको छ।असार १५ गते देशका बिभिन्न स्थानहरूमा सरकारी निकायहरूकै आयोजनामा सम्पन्न धान दिवसको सन्दर्भमा डाक्टर भुसालले तितो यथार्थता ब्यक्त गर्नुभएको हो।सामाजिक सन्जाल फेसबुक मार्फत ब्यक्त डाक्टर भुसालको बिचार लाई हामिले सान्दर्भिकठानी युनिक खवरमा जस्ताको तस्तै प्रस्तुत गरेका छौं।आशा छ डा.भुसालको यो बिचारले आगामी ०७९ को धान दिवश फरक ढंग बाट मनाऊनको लागि यस दिवश संग सम्बन्धित कार्यलय प्रमुखहरूको सोचाईमा परिबर्तन आऊलाकी?

धान दिवसको सन्दर्भ!

धानको उत्पादन लागत कसरी कम गर्ने?

आज नेपालले हर्सोल्लासका साथ १९औं राष्ट्रिय धान दिवस मनाएको छ। दिवस मनाउने क्रममा बक्ताहरुले व्यवसायिक धान उत्पादनको आवश्यकताका कुरा गर्नु भयो, कर्मचारी साथीहरुले सधैं जस्तो वक्ताको कुरोमा सहिथाप्दै अबदेखि कृषकहरूलाई उन्नत प्रविधि र उन्नत बीउ वितरण गरिने छ,भन्नुभयो, सहभागिहरुले तालि बजाए। बजेटको उपलब्धता अनुसार कतै दहिचिउरा, त कतै मासु भात खादै नाचगानगर्दै फेरि अर्को वर्ष यसरी नै धान दिवस मनाउने संकल्प सहित धान दिवस २०७९ सकियो ।

के तपाईँकोमा धान दिवस यो भन्दा फरक थियो? पक्कै! धान दिवस मनाउदै गर्दा मासिक अरवौंको धान आयात गर्नुपर्ने बाध्यताको अन्त्य कसरी गर्ने? धानको उत्पादन लागत कसरी घटाउने ? वास्तविक किसान कसरी पहिचान गर्ने? कसरी किसानलाई मल ,बीउ र प्रविधि सहज रुपमा उपलब्ध गराउने माग र आपूर्ति बीचको संतुलन कायम कसरी गर्ने ? जस्ता सवालमा छलफल भयो भन्ने विस्वास राख्दै, पछिल्लो अनुसन्धानले देखाएको एउटा तथ्य प्रस्तुत गर्ने अनुमति चाहन्छु।

आजका दिनसम्म, नेपाली किसानहरूलाई धानखेतीको उत्पादन लागत र प्रतिफल बीचको सम्बन्ध राम्रो सँग जानकारी छैन भन्दापनि हुन्छ। प्रदेश योजना आयोग,लुम्बिनी प्रदेशले शोधवृति उपलब्ध गराएको एक शोधकर्ताको शोधको प्रारम्भिक परिणामले भन्छ : धान उत्पादन गर्न गरिएको लगानी र प्रतिफल बीच १: ०.९३ को सम्बन्ध देखिन्छ अर्थात् एक रुपैयाँ लगानी गरेर ९३ पैसाको मात्र धान उत्पादन हुन्छ, त्यस्तै धान सगैँ हाँस पालन गर्दा लागत लाभ सम्बन्ध १:२.३२ देखिन्छ, अर्थात धान सँगै हाँस पलन गर्दा १ रुपैयाँ लगानीमा २.३२ रुपैयाँ बराबरको उत्पादन लिन सकिन्छ।

त्यस्तै धान सगै माछा पालन गर्दा पनि किसानले अतिरिक्त लाभलिन सक्छन्। मेसिनको प्रयोग गरि धानरोप्दा पनि उत्पादन बढाउन मद्दत मिल्छ।

परिणामको प्रवाह नगरी सरकारी पैसामा औपचारिकताका लागि मात्र दिवस मनाउने परम्पराको स्थगन गर्ने समय आएको हो कि!

जय किसान! जय धान दिवस ! .....

Related Post
नेपालमा शैक्षिक परिवर्तनको आवश्यकता:चिन्तामणी सापकोटा

नेपालमा शैक्षिक परिवर्तनको आवश्यकता:चिन्तामणी सापकोटा

आज विज्ञानले धेरै फड्को मारिसकेको छ जसले गर्दा विश्व दिन प्रतिदिन सॉघुरोमा परिणत हुँदैछ।आज अमेरिका,चीन जापान जस्ता देशहरूले विकासमा धेरै अगाडि फड्को मारिसकेका छन।केही समय अगाडि