अमेरिकाबाट प्रतिमान-नीमा स्मृति प्रतिष्ठानले पठायो ८ करोड रुपयाँ बराबरको स्वास्थ्य सामाग्री

नेपालमा कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि प्रतिमान-नीमा स्मृति प्रतिष्ठानको पहलमा दोस्रो चरणको सहयोग सामाग्री नेपालआइपुगेको छ ।

अन्तराष्ट्रिय संस्थाहरु प्रोजेक्ट होप, एयर लिङ्क, फेलेक्स पोर्ट डट ओआरजी, हेनरी सेचिन केयरर्स, मेड शेयरको सहकार्यमा प्रतिष्ठानले यो साता चाटर्ड बिमानमार्फत दोस्रो चरणको सहयोग सामाग्री नेपाल भित्र्याएको हो ।

प्रतिष्ठानले पीपीई ग्राउनआईसोलेशन २० हजार थान, फेससिल्ड १९ हजार ४ सय ४० थान, माक्स ७० हजार थान, एन ९५ माक्स डिसपोजेवल १५ हजार थान भित्राएको छ ।

त्यस्तै डिजल थर्मामिटर १६० पिस, प्रोटेक्ट फेससिल्ड १५ हजार सात सय ५० थान, पिपिई कभर मिडियम २३ सय ४ थान, पिपिई कभरअललार्ज २३ सय ४ थान, ईमरजेन्सी रिलिफ वेड ३० थानपनिआइपुगेको छ भने डिसपोजेवल ग्लोवस् १४ लाखथान, केएन ९५ प्रोटेक्टिभ माक्स १ लाख २८ हजार थान गरीकरिव आठ करोडको स्वास्थ्य सामाग्री नेपाल ल्याइएको प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिइन् । यसअघि पनि साढे दुई करोड बराबरको स्वास्थ्य सहयोग गरिसकेकोउनको भनाइ छ ।

उनले कोरोनाको तेश्रो चरणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्रील्याइएको बताइन् । नेपालल्याइएका स्वास्थ्य स्वास्थ्य सामाग्री नेपाल सरकारसंगको समन्वयनमा सातै प्रदेशमा वितरण गरिने थापाले जानकारी दिइन् ।

त्यस्तै प्रतिष्ठानका निर्देशकधर्म केसीले कोरोना रोकथाम र न्युनिकरणका लागिबिभिन्नप्रकारका स्वास्थ्य सामाग्री नेपालल्याइएको र उक्त सामाग्री स्वास्थ्यमन्त्रालयलाई हस्तान्तरण गरिने जानकारी दिए । मन्त्रालयको आपूर्ति तथाव्यवस्थापन महाशाखासँगको समन्वय र सहमतिमा मुलुककाआवश्यक स्थानमा बितरण गरिने उनको भनाइ छ ।

यसअघि पहिलो चरणमा दुई करोड ७० लाख बारावरको अक्सिजन कन्सनट्रेटर, अक्सिजन सिलिण्डर , मेडिकल टेन्ट , वाईप्याप मेसिन ,आइसीयू वेड, पीपीई, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु बितरण गरेको थियो ।

Related Post
लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

प्रदेश नं ५मा पहिलोपटक यो मेसिन संचालन गरिएको हो ।मेशिनको उद्घाटन अवसरमा मन्त्री बरालले ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।परिक्षणको लागि धेरै दिन कुर्नुपर्ने वाध्यताले धेरै सर्बसाधरण हरू हैरान र दिक्क भएको समाचार हरू बाहिर आई रहेका थिए।

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुव्र्यवहार प्रति ध्यानाकर्षण भएको