मासिक राशिफल | Monthly Rashifal

मासिक राशिफल

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Aries

यो महिना अलि धेरै दौडधुप हुने देखिन्छ । कार्य सफल हुन अलि बढी संघर्ष गर्नुपर्ने देखिन्छ । राज्य पक्षबाट पनि केही कष्ट उठाउनुपर्ला । मन अस्थिर एवम् चन्चल हुनेछ । यति हुँदा हुँदै पनि सामाजिक प्रतिष्ठा कायमै रहनेछ । महिनाभरी नै हनुमानको आराधना गर्नुहोला । शुभ अंक: ३ र ९, शुभ बार: मङ्गलबार र बिहिबार, शुभ रङ्ग: रातो र सुन्तला ।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurus

यो महिना पराक्रम बढ्नुका साथै आँटेताकेको कार्य सफल हुनेछ तर केही पारिवारिक समस्या रहन सक्ला । सहयोगीहरुको सहयोगले रोकिएको कार्य सम्पन्न हुनेछ । समग्रमा यो महिना विशेष लाभदायक रहनेछ । शुभ अंक: ६ र ८, शुभ बार: बुधबार र शुक्रबार, शुभ रङ्ग: सेतो र हरियो ।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Gemini

यो महिना मङ्गलको शुभ प्रभाव गतिले आँट हिम्मत एवम् साहसमा वृद्धि हुनेछ । मन प्रशन्न रहनेछ । नयाँ योजनाहरु तर्जुमा हुनेछन् । उपलब्धिमुलक महिना रहनेछ । समाजमा मानसम्मान पनि प्रशस्त पाइनेछ । शुभ अंक: ३ र ५, शुभ बार: बुधबार र शनिबार, शुभ रङ्ग: हरियो र निलो ।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer

यो महिना सूर्यको प्रभाव गतिले गर्दा शिरको भागमा केही समस्या रहन सक्ला । मन चन्चल रहला । मङ्गलको अवस्थितिले गर्दा केही आर्थिक हानी हुन सक्ने भएकोले लगानी साथै लेनदेनमा विशेष ध्यान दिनुहोला । शुभ अंक: २ र ४, शुभ बार: सोमबार र बिहिबार, शुभ रङ्ग: सेतो र कृम ।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo

सूर्यको अशुभ प्रभावले अनावश्यक खर्च एवम् चिन्ता बढ्न सक्नेछ । मन अस्थिर रहला । यो महिना अनावश्यक वादविवादमा नपरेकै राम्रो हुनेछ । यद्यपि साउन ६ गतेदेखि मङ्गलको गोचरले गर्दा आँट हिम्मत बढेर रोकिएको कार्य सफल हुनेछ । शुभ अंक: १ र ९, शुभ बार: आइतबार र मङ्गलबार, शुभ रङ्ग: रातो र पहेँलो ।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) - Virgo

यो महिना विशेष लाभदायक रहनेछ । आयआम्दानी बढ्नुका साथै आत्मविश्वास पनि बढ्नेछ । मन प्रशन्न रहनेछ । तर आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुहोला । मङ्गलको अशुभ प्रभाव रोक्न गणेश र हनुमानको आराधना गर्नुहोला । शुभ अंक: ५ र ६, शुभ बार: बुधबार र शुक्रबार, शुभ रङ्ग: हरियो र कालो ।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra

सूर्य र मङ्गल दुबैको अत्यन्त मजबुत स्थितिले गर्दा यो महिना तपाईंको उन्नति हुनेछ । गरेका कार्यहरु सफल हुनेछन् । सामाजिक उन्नति प्रगति पनि हुनेछ । मनमा विशेष उत्साह रहनेछ । शुभ अंक: ६ र ८, शुभ बार: शुक्रबार र शनिबार, शुभ रङ्ग: कालो र बुट्टे वा छिरबिरे ।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) - Scorpio

साउन ६ गते पछि मङ्गलको शक्तिशाली स्थितिले गर्दा प्रशस्त साहस एवम् संकल्प शक्ति बढेर जानेछ । गरेका कार्यहरुले पूर्णता पाउनेछन् । समाजमा तपाईंको विशेष प्रभाव रहनेछ । समग्रमा यो महिना लाभदायक रहनेछ । शुभ अंक: ३ र ९, शुभ बार: आइतबार र मङ्गलबार, शुभ रङ्ग: रातो र पहेँलो ।

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) - Sagittarius

सूर्यको अशुभ स्थितिले गर्दा यो महिना अलि कष्टकर रहला । आत्मविश्वासको कमि हुनुका साथै आँटेताकेको कार्यमा बाधा आइपर्न सक्ने भएकोले विशेष होसियार भएर कार्य गर्नुहोला । शुभ अंक: १ र ३, शुभ बार: आइतबार र मङ्गलबार, शुभ रङ्ग: रातो र पहेँलो ।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) - Capricorn

सूर्य र मङ्गलको स्थिति अलि अफ्ठ्यारो भएकोले यो महिना त्यति राम्रो देखिएन । दाम्पत्य सुखमा केही कमि रहनुका साथै चोटपटकको भय पनि देखिन्छ । सवारी साधनमा यात्रा गर्दा शुभ साइत हेरेर मात्र गर्नुहोला । महिनाभरी हनुमानको आराधना गर्नुहोला । शुभ अंक: ३ र ८, शुभ बार: बिहिबार र शनिबार, शुभ रङ्ग: कालो र पहेँलो ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) - Aquarius

सूर्यको शुभ स्थितिले शत्रुमाथी विजय प्राप्त हुने महिना छ तर मङ्गल प्रतिकुल बनिँदिँदा विरोधी पक्ष सक्रिय भएर कार्यमा बाधा उत्पन्न गर्न सक्ने भएकोले महिनाभरी नै विघ्न हर्ता गणेशको आराधना गर्नुहोला । यो महिना तपाईंको लागि मिश्रित छ । शुभ अंक: ६ र ८, शुभ बार: शुक्रबार र शनिबार, शुभ रङ्ग: कालो वा निलो ।

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) - Pisces

मङ्गल अत्यन्त शक्तिशाली बनिँदिँदा मुद्दा मामिला एवम् वादविवादमा विजय प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । सूर्यको प्रभाव गति केही अफ्ठ्यारो हुँदा सोचे जति लाभ पाउन अलि गारो भएकोले महिनाभरी नै शिवजीको आराधना गर्नुहोला । शुभ अंक: ३ र ९, शुभ बार: मङ्गलबार र बिहिबार, शुभ रङ्ग: रातो र पहेँलो ।

                  अधिक जानकारीको लागि, तपाईंले Playstore मा Mero Kundali एप डाउनलोड गर्न सक्नुहुन्छ ।

Related Post