जापानको बुङ्गोओनो नगरपालिका का मेयर फूमितोसी गुल्मीमा

रामकृष्ण कंडेल,कार्यक्रमस्थल,वामीटक्सार बाट✍️
भगिनी सम्बन्ध स्थापनाको लागि जापानको बुङ्गोओनो नगरपालिका का मेयर खावानो फूमितोसी लगायत भ्रमणदलका सम्पुर्ण सदस्यहरु आज गुल्मीको वामीटक्सार आईपुग्नुभएको छ।भ्रमणदलका सम्पुर्ण सदस्यहरु लाई आज वामीटक्सारमा नगरवासिहरूको तर्फ देखि हार्दिक स्वागत गरिएको छ।जापानी अतिथिहरू आज पोखरा बाट सडक मार्गहुदै वामीटक्सार आऊनुभएको हो।आज सॅाझ वामीटक्सार स्थित दरबार होटलमा अतिथिहरूको स्वागतार्थ सांगितिक कार्यक्रम संचालन गरिएको थियो।


भोली बिहान १०ः३० बजे भुवाचिदी बजार नजिक रहेको ग्वादिकाचौर स्थित नगरपालिकाको सभाहलमा मुसिकोट नगरपालिका द्वारा औपचारिक कार्यक्रमको आयोजना गर्दैछ।

नेपालका विभिन्न स्थानीय तहले अन्तर्राष्ट्रिय सहरसँग जनस्तरमा सम्बन्ध विस्तार गर्नका लागि ‘भगिनी सम्बन्ध’ कायम गरेका छन् ।अन्तर्राष्ट्रिय स्तरका सहरमा भएका ससाना गतिविधि आदानप्रदान गर्नका लागि भगिनी सम्बन्धको सुरुवात भएको हो ।सबैभन्दा पहिला २०५२ सालमा काठमाडौँ महानगरपालिकाले जापानको महात्सुमोतो सहरसँग भगिनी सम्बन्ध कायम गरी नवीन परम्परा आरम्भ गरेको थियो।‘‘दुई देशका नगरमा भएका कला,संस्कृति,जीवनशैली,चाडपर्व, जात्रा र रहनसन आदान प्रदान गर्नका लागि भगिनी सम्बन्ध स्थापित गरिएको हो।“भगिनी सम्बन्ध दुई व्यक्तिबीच लगाइएको मितेरी साइनो जस्तै हो,जसरी मितेरी सम्बन्धले दुई व्यक्तिबीचको सुखदुःख,आदानप्रदान हुन्छ,त्यस्तै अन्तर्राष्ट्रिय सहरबीचको भगिनी सम्बन्धले पनि त्यस्तै सुखदुःख आदान प्रदान गर्छ ।”

भगिनी सम्बन्ध कायम गर्ने कुरा नेपालसँग मात्र नभएर अन्तर्राष्ट्रिय अभ्यास हो ।अन्तर्राष्ट्रिय सहरले जसरी नेपालका सहरसँग भगिनी सम्बन्ध कायम गरे जस्तै अन्य देशका सहरसँग पनि भगिनी सम्बन्ध कायम गर्ने गरेका छन।

दुई देशका सहरबीचको सम्बन्धले ससाना प्रकृतिका विकास निर्माण, सुशासन र संस्कृति समेत आदान प्रदान गरी सम्बन् धलाई झनै कसिलो पार्ने बुझाइ मुसिकोट नगरप्रमुख जिवलाल खरेल जीवनको रहेको छ ।

नगरप्रमुख खरेलले यी दुई नगरबीच हुने भगिनी सम्बन्धले मुसिकोट नगरपालिका लाई विश्वसामु चिनाउन मद्दत पुग्ने बिचार ब्यक्त गर्नुभएको छ।उहॅाका अनुसार दुई सहरका नेतृत्व बीचको भेटघाट मुसिकोट नगरकै लागि महìवपूर्ण उपलब्धि हो ।

सांगितिक कार्यक्रमको समापन गर्दै मुसिकोट नगरपालिकाका प्रसासकिय अधिकृत बिनोद कॅुवरले सबै लाई धन्यबाद ज्ञापन गर्नुभएको थियो। नेपालका कतिपय नगरपालिकाले अन्तर्राष्ट्रिय सहरसँग भगिनी सम्बन्ध कायम राख्नका लागि प्रस्ताव गरेको र प्रक्रिया अगाडि बढेको देखिन्छ।