जापान बाट मेयर फूमितोसी आज गुल्मीको वामीटक्सार आऊदैहुनुहुन्छ

रामकृष्ण कंडेल,वामीटक्सार✍️
जापानको ओईता प्रिफेक्चर अन्तर्गत रहेको बुङ्गोओनो नगरपालिका र गुल्मीको मुसिकोट नगरपालिका बिचको सम्बन्ध प्रगाढ गराऊनको लागि मुसिकोट नगरपालिकाले भोली एक बिशेष कार्यक्रमको आयोजना गरेको मुसिकोट नगरप्रमुख जिवलाल खरेल जीवन ले युनिक खवर डट कम लाई जानकारी दिनुभएको छ।मितेरी सम्बन्ध स्थापनाको लागि जापानको बुङ्गोओनो नगरपालिका का मेयर खावानो फूमितोसी लगायत भ्रमणदलका सम्पुर्ण सदस्यहरु आज गुल्मीको वामीटक्सार आऊदै हुनुहुन्छ।मुसिकोट नगरपालिकाले बिदेशी पाहुनाहरूको भोली कार्यक्रम स्थलमा भव्य स्वागत तथा सम्मान गर्ने तयारी गरिएको छ।कार्यक्रम भव्य तथा सब्य बनाऊनको लागि नगरपालिकाले बिभिन्न उपसमितिहरु निर्माणगरी काम लाई अगाडि बढाईएको बताईएको छ।
भ्रमणदलका सम्पुर्ण सदस्यहरु काठमाण्डौ बाट पोखरा हिजै आईसकेको र आज पोखरा बाट सडक मार्गहुदै वामीटक्सार आऊने कार्यक्रम मिलाईएको छ।भोली बिहान १०ः३० बजे भुवाचिदी बजार नजिक रहेको ग्वादिकाचौर स्थित नगरपालिकाको सभाहलमा मुसिकोट नगरपालिका द्वारा आयोजित औपचारिक कार्यक्रममा मुसिकोट नगरप्रमुख जिवलाल खरेल जीवन र बुङ्गोओनो नगरपालिका का मेयर खावानो फूमितोसी ले मितेरी सम्बन्ध शुरूवातीको हस्ताक्षर गर्नुहुनेछ।

जापानी पाहुनाहरू संग गुल्मीको वामीमा जन्मी लामो समय अगाडि देखी जापानमा कृषि फर्म संचालकको रूपमा परिचित युवा समाजसेवि रोशन के सी रहनुभएको छ।