माओबादीले बाग्लुङको ताराखोलामा पार्टी सुदृढीकरण अभियान चलाउने

युनिक खबर, ताराखोला,बाग्लुङ✍

नेकपा माओबदी केन्द्र ताराखोला गाउँ कमिटीको पहिलो बैठक सम्पन्न भएको छ । पार्टीका गाउँपालिका अध्यक्ष दिवश खत्रीको अध्यक्षतामा सम्पन्न बैठकमा बाग्लुङ जिल्ला संयोजक ज्ञामनाथ गैरे (अनिल), ताराखोला गाउँपालिका इन्चर्ज प्रकाश घर्ती लगायतका जिल्ला नेताले पार्टी निर्माण तथा जागरण अभियान अघि बढाउन निर्देश दिए ।

बैठकमा ५ वटा वडाको रिपोर्ट प्रस्तुत गरिएको थियो ।

बैठकले पार्टीको संगठन निर्माण तथा सुदृढीकरण अभियान संचालिन गर्ने निर्णय गरेको अध्यक्ष दिवश खत्रीले जानकारी दिए । अभियान अन्तरगत टोल तथा सेल कमिटी निर्माण तथा बिस्तार गर्ने, सदस्यता नवीकरण र सदस्यता बिस्तारको काम अघि बढाउने काम हुने उनको भनाई छ । सो अवसरमा पूरानो पार्टी छोडेर माओवादी केन्द्रमा प्रबेश गरेका नेकपा एमालेका वडा सचीव पूर्णमाया रोका र नेपाली काङ्ग्रेसका सदस्य जीतबहादुर घर्तीलाई स्वागत गरिएको अध्यक्ष खत्रीले बतए।

बैठक पार्टी सचिव फुलमाया पुन(जलजला)को संचालनमा सम्पन्न भएको थियो ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।