जय जय कोटेश्वर समूहले उत्कृष्ट टिकटक बिजेतालाइ गर्यो पुरस्कार बितरण

तुलाराम तिवारी,युनिक खवर✍️

आज भाद्र ११ गते ‘कुशेऔंसी' अनि 'बाबा' को मुख हेर्ने दिन जय जय कोटेश्वर समूहले आँपचौरको पबित्र भूमी लुकेको स्वर्ग कोटेश्वरलाइ देश बिदेशमा चिनाउनको लागी तयार गरेको “ जय जय कोटेश्वर “ भजनमा उत्कृष्ट टिकटक बनाउने अनि साउनको अन्तिम सोमबार हाम्रो आस्थाको धरोहर लुकेको स्वर्ग आँपचौरको कोटेश्वर , हामी जन्मेको धर्ती आँपचौर र जय जय कोटेश्वर भजनलाइ ब्यापक प्रचार प्रशार गर्न टिकटक बनाएर , कविता लेखेर , स्केच गरेर , गित गाएर , कमेन्ट , लाइक , सेयर गरेर हाम्रो अभियानलाइ सफल बनाउन अत्यन्तै महत्वपूर्ण भूमिका खेल्नु हुने ९ जनालाइ पुरस्कार र मायाको चिनो बितरण गरिएको छ।बिजेता मध्ये ३ जनालाइ दुइ दुइ हज़ार गरी ६ हज़ार समाजसेवी धार्मिक ब्यक्तित्व बसुन्धरा भण्डारीले प्रदान गर्नु भएको थियो भने अरू रक़म जय जय कोटेश्वर समूह जापान संयोजकले प्रदान गरेको थियो ।उपस्थित सबैले आज कुशे औशीको पबित्र दिन भएको ले कोटेश्वर मन्दिरको दर्शन गर्ने , गुरू बाट आषीर्बाद लिने , पोखरी नुहाउने जस्ता धार्मिक पुन्य काम गरी कोटेश्वर भगवानको आषीर्बाद लिनु भएको थियो ।

पुरस्कार बिजेतालाइ हार्दिक बधाइ ]

- विशिष्ट उपहार लिलि भट्टराइ-१० हज़ार र मायाको चिनो

- विशिष्ट उपहार आकृति -१० हज़ार र मायाको चिनो

- प्रथम उपहार अस्मिता खरेल -८८४९ र मायाको चिनो

- दोस्रो उपहार कविता काफ्ले -३७७६ र मायाको चिनो

- तेस्रो उपहार मनीषा तिवारी -२०५१ र मायाको चिनो

- सान्त्वना पहिलो अस्मिता खरेल -२ हज़ार र मायाको चिनो

- सान्त्वना दोस्रो गंगा लामिछाने -२ हज़ार र मायाको चिनो

- सान्त्वना तेस्रो पुष्पा भट्टराइ-२ हज़ार र मायाको चिनो

- सान्त्वना चौथो सन्तोष खरेल - १ हजार र मायाको चिनो

कोटेश्वर मन्दिरका पुजारी गुरू डिल्लिराज सापकोटाले टिका लगाएर आषीर्बाद दिदै पुरस्कार बितरण गर्नु भएको हो ।सबै बिजेतालाइ समाजसेवी बसुन्धरा भण्डारीले खादा लगाएर सम्मान गर्नु भएको थियो ।त्यसैगरी किरण खरेलले सबै बिजेतालाइ मायाको चिनो दिनु भएको थियो ।उपस्थित अस्मिता खरेल , मनीषा तिवारी , अस्मिता खरेल ( आँपचौर) लगायत सबै मिलि चिया बनाएर खुवाउनु भएको थियो।कार्यक्रमको सबै चाँजोपाँजो डिल्लिराज अर्याल ले मिलाउनु भएको समाचार छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको