सितापुर मा वि देउसिभैलो अभियानमा

युनिक खवर,वामीटक्सार✍️

सितापुर मा वि ले यस बर्षको तिहारमा देउसिभैलो अभियान संचालन गर्दैछ।बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामकृष्ण कंडेलको अध्यक्षतामा कार्तिक २० गते बिध्यालयमा सम्पन्न बिब्यस,शिक्षक अभिभावक संघ,सल्लाहकार समिति र केहि अगुवा अभिभावकहरूको संयुक्त बैठकले संस्कृति संरक्षण तथा बिध्यालयको आर्थिक अवस्था सुदृढ गर्ने उध्देश्यका साथ देऊसिभैलो कार्यक्रम संचालन गर्ने सर्बसम्मत निर्णय गरेको छ।देउलिभैलो कार्यक्रम लाई ब्यबस्थित बनाऊनका लागि बिभिन्न उपसमितिहरू समेत बनाईएको बिब्यस अध्यक्ष रामकृष्ण कंडेल ले बताऊनुभयो।अध्यक्ष कंडेलले बिध्यालयले संचालन गर्ने कार्यक्रम लाई भव्य र सब्य ढंग बाट सफल बनाऊनका लागि बिध्यालय संग सम्बन्धित सम्पुर्ण पुर्व बिध्यार्थीहरू,सम्पुर्ण अभिभावक ज्यु हरू,शिक्षक,बिध्यार्थी सबैमा बिशेष आग्रह गर्नुभएको छ।

मुसिकोट ९ गुल्मी मा कक्षा १२ सम्म पढाईहुने यस सामुदायिक बिध्यालय सितापुर मा वि ले बिबिध उध्देश्यका साथ संचालन हुन लागेको देउसिभैलो कार्यक्रम को सफलताको कामना गर्दै आफुहरूले सक्दो सहयोग गर्ने बिध्यालयका पुर्ब बिध्यार्थी तथा हाल जापानमा कार्यरत भुवन सापकोटाले बताऊनुभयो।

‘कार्यक्रम लाई सफल बनाएरै छोड्ने छौ’पुर्ब बिध्यार्थी तथा वडा सचिब सुवास सुनुवारले बताऊनुभयो।

देउसिभैलो संचालन गर्ने निर्णय पश्चात यस लाई सफल बनाऊन प्रधानाध्यापक महाबिर बस्नेत ले सामाजिक संजाल मार्फत सबै संग बिशेष आग्रह गर्नुभएको छ।बस्नेत लेख्नुहुन्छः’आज मिति २०८०/०७/२० गतेका दिन यश श्री सीतापुर माध्यमिक बिद्यालय ,मुसिकोट नगरपालीका-९, अर्लाङकोट,गुल्मीको बिब्यस अध्यक्ष श्री रामकृष्ण कंडेलको अध्यक्षतामा बिब्यस,सल्लाहकार समिती,शिक्षक अभिभावक संघ को उपस्थितिमा बैठक बसि बिध्यालयको आर्थिक अवस्था सुदृढ गर्नको लागि दिपावलिको अवसर पारी देउसी भैलो कार्यक्रम सन्चालन गर्ने निर्णय गरेको छ। देउसी भैलो कार्यक्रमलाइ सभ्य र भब्य ढङ्गबाट सफल पार्नको लागि विभिन्न उप-समिती समेत गठन गरेको छ। जस अनुसार श्री चिन्तामणी सापकोटाको सम्योजकत्वमा जन सम्पर्क उपसमिती,सङित,बाध्यबादन तथा सास्कृतिक उपसमितिको सम्योजकमा श्री हिम बहादुर बिश्वकर्मा,कार्यक्रम क्षेत्र निर्धारण उपसमिति सम्योजकमा श्री नरेशराज खरेल,अनुशासन उपसमिती सम्योजकमा श्री केयरसिङ बिश्वकर्मा,यातायात ब्यवस्थापन उपसमिती सम्योजकमा श्री बलराम सापकोटा,अभिलेखन उपसमिती सम्योजकमा श्री लिलाकान्त न्यौपाने रहेको समिती गठन भएको छ।यसै गरि खाना ब्यवस्थापन सम्योजकमा श्री कमल सापकोटा र प्रचार प्रसार उपसमिती सम्योजकमा श्री दुर्गादत्त सापकोटा रहनु भएको छ।त्यसै गरि आजको बैठकबाट श्री रामकृष्ण कंडेलको सम्योजकत्वमा मूल समिती समेत गठन भएको छ। आजको बैठकको निर्णय अनुसार यश बिध्यालयमा अध्ययन गर्नु भएका देश,बिदेशमा रहनुहुने भुतपुर्ब बिध्यार्थीहरु,समाज सेबि,बुद्दिजिबी, शिक्षाप्रेमी,अभिभावक,गाउबासी सम्पूर्ण आमा,बुवा,दाजु भाइ,दिदी बहिनी तथा सरोकारवाला सम्पूर्णमा सहयोगको अपिल गर्ने सर्बसम्मत निर्णय भएको छ’

सामाजिक संजालमा पुर्ब बिध्यार्थी तथा बिब्यस सदस्य अर्जुन गौतम लेख्नुहुन्छः

'आज फेरि आतित याद गर्नी दिन आएछ विद्यार्थी जीवन मा खेलेको चौर मा सितापुर मा वि भैलो खेल्दै सितापुर मा वि मुसिकोट ९ गुल्मीले यस बर्ष को तिहारको अवसरमा भैलो कार्यक्रम संचालन गर्ने निर्णय गरिएको बिध्यालयले जनाएको छ यो हुदै गर्दा मालाइत २०५६/५७को याद आयो तीनै मित्रहरू तपाईं लाई नी?आउनुहोस् सम्भव भए सँगै भैलो खेलौं नभए जहाँ हुनुहुन्छ त्यही बाट हातेमालो गरौं,यस एल सी २०५७ ब्याच’

पुर्ब बिध्यार्थी तथा बिब्यस सदस्य कमल सापकोटा लेख्नुहुन्छः

'श्री सितापुर माबी मा पढेलेखेका दाजुभाइ दिदिबहिनी र अन्य अग्रज ब्याक्तित्व हरु आज कोहि इन्जिनियर कोहि डाक्टर कोहि वकिल कोहि सुब्बा कोहि शिक्षक कोहि सचीव कोहि वार्ड अध्यक्ष भए कोही देश बिदेश मा ख्याति कमाए तर बिधालय को अबस्था हेर्दा दयनीय अबस्थामा छ आउनु होस तपाईं हामी मिलेर काधमा काध हातमा हात मिलाएर यसलाइ कसरी हुन्छ थप उचाइमा पुराऔ र अब हामी पछिका पुस्ता ले हामीलाई सम्झुन भनी सहयोग गर्नुहुन सबैलाई अपिल गर्दछु।जय अर्लाङ्कोट जय सितापुर’

श्री पुर्ब बिध्यार्थी मिलन क्षेत्री लेख्नुहुन्छः

‘सितापुर मा वि मुसिकोट ९ गुल्मीले यस बर्ष को तिहारको अवसरमा भैलो कार्यक्रम संचालन गर्ने निर्णय गरिएको बिध्यालयले जनाएको छ।सम्भव भए सँगै भैलो खेलौं नभए जहाँ हुनुहुन्छ त्यही बाट हातेमालो गरौं,र यस कार्यक्रम लाई सफल गरौं’

देउसिभैलो लाई उत्कृष्ट बनाऊने सोंचका साथ सबै संग सरसल्लाह,बिचार बिमर्श आदान प्रदानको लागि जनसम्पर्क कार्य लाई तिब्रता दिईएको छ।बिध्यालयले नाचगानको तयारी अगाडि बढाएको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको