सिड्नीमा नर्थ सोर नेप्लिज कमिटीको अध्यक्षमा गुल्मीका प्रेम सापकोटा चयन

युनिक खवर✍️

अष्ट्रेलियाको सिड्नी नर्थ सोरमा बसोबास गर्ने नेपाली समाजले प्रेम सापकोटाको अध्यक्षतामा नर्थ सोर नेप्लीज कमिटी गठन गरेको छ।स्थानीय नेपालीहरूको हक़ र हितको काम गर्न यो समाज निर्माण गरिएको अध्यक्ष प्रेम सापकोटाले जानकारी दिनुभएको छ।’कमिटीको कार्य योजना हामी छिटै सार्वजिनक गर्ने छौं’अध्यक्ष सापकोटाले बताऊनुभयो।

यसै गरी कमिटीले उपाध्यक्षमा हिरा गिरी र सरोज पाण्डेलाई चयन गरेको छ भने सचिवमा विनोद घिमिरे ,सहसचिबमा जनक पाण्डे र राधिका खरेल जोशीका साथा कोषाअध्यक्षमा टिका रेग्मी ,रहेको जानकारी कमिटीको पब्लिक अफिसर उद्धब भट्टले जानकारी दिए ।नेपाली समाजमा सबै जनाको साथ र सहयोगले अधि बढ्ने योजना हुनु पर्ने र सबैले आ - आफ्नो जिमेवारी बहन गर्नु पर्ने उद्धव भट्टले जोड दिएका थिए ।

यसै गरी कमिटीको सदस्यहरुमा निसान्त बर्तौला , सुनिता केसी ,अशिम लम्साल ,जनक गिरी , राजन बिष्ट , प्रदिप कडेल , साजन पोखरेल , भूपेन्द्र कडेल रहेका छन । कमिटी गठन समारेहमा गैह् आबासीय नेपाली संघ, अष्ट्रेलियाका पूर्ब अध्यक्ष गणेस के सीले शुभ कामना व्यक्त गर्नु भएको थियो भने नेपाली समाजका अग्रज कुमार गिरी , कपिल नेपाल , ध्रुव लोहनी , राम घिमिरे , युक्त प्रसाद कडेल , राज कुमार भट्ट ,शिशिर नेपाल, विवश लामिछाने,शिव श्रेष्ठ, कृष्ण ढकाल , मोति लाल नेपालले नब गठित नेपाली समाजको प्रगतिको कामना गर्नु भयो । कमिटीले निर्बतमान अध्यक्ष विकास के सीले स्थानिय नेपाली समाजलाई आफ्नो कार्यकालमा पुर्याउंनु भएको योगदानको प्रशंसा गरिएको थियो।यसैबीच एक्कुइट साझा चौतारी बुवा आमाको संस्थाका अध्यक्ष युक्त प्रसाद कडेल लगाएत सबै पदाधिकारीहरूले कार्यक्रममा उपस्थित हुनु भएका सबै नेपाली बुवा आमा हरुमा चिया पान खर्च उपलब्ध गराउनु भएकोमा कमिटीले एक्कुइट साझा चौतारी परिबारलाई धन्यबाद ब्यक्त गरिएको थियो ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको