गुल्मीको खडकभुमि कालिकाले गर्यो समाजसेवि तिन युवाहरू लाई सम्मान

युनिक खवर✍️

गुल्मीको मुसिकोट नगरपालिका वडानं ९ डॅासिकोटमा रहेको खडकभुमि कालिकाले समाजसेवि तिन युवाहरू लाई सम्मान गरेको छ।गुल्मीको डॅासिकोटमा जन्मिहुर्की यतिखेर गैंडाकोटमा बसोबास गर्दै आऊनुभएका बिष्णु खरेल(खिम),हुमकान्त खरेल र कालिगण्डकी गॅाऊपालिका वडानं २ का वडाध्यक्ष रेशमराज न्यौपाने लाई मन्दिर परिसरमा आयोजित कार्यक्रममा पुजा ब्यबस्थापन समितिको तर्फदेखि सम्मान गरिएको हो।

अन्तराष्ट्रिय समन्वय समितिको सहसंयोजक भुमिकामा रही पुन्य कार्य सफल बनाऊनका लागि खेल्नुभएको भुमिकाको मुल्यांकन गर्दै खिम खरेल लाई सम्मान गरिएको अध्यक्ष रामकृष्ण कंडेल ले बताऊनुभयो।अध्यक्ष कंडेलका अनुसार खिम खरेलले आफ्नो जन्मस्थानमा आईपर्ने हरेक समस्या लाई समाधान गर्नका लागि जापानमा रहेर महत्वपुर्ण सहयोग गर्दै आऊनुभएको छ।’मन्दिर निर्माण कार्यमा खिम खरेलको भुमिका प्रसंसनिय छ’कोषाध्यक्ष ताराप्रसाद कंडेलले बताऊनुभयो।यसैगरी जापानमा कार्यरत हुमकान्त खरेल पनि ‘अत्यन्तै मनकारी युवा हुनुहुन्छ,मन्दिर निर्माण कार्यमा उहॅाको महत्वपुर्ण सहयोग पाएका छौं’सचिब नरेशराज खरेल ले बताऊनुभयो।

कार्यक्रममा कालिगण्डकी गॅाऊपालिका वडानं २ का वडाध्यक्ष रेशमराज न्यौपाने,खिम खरेल,उपाध्यक्ष बाबुराम खरेल,कोषाध्यक्ष ताराप्रसाद कंडेल लगायतले कार्यक्रममा मन्तब्य राख्नुभएको थियो।

सितापुर मा वि का बिब्यस सदस्य कमल सापकोटा, सितापुर मा वि का सल्लाहकार सदस्य चिन्तामणी सापकोटा,अर्लाड०कोट स्वास्थ्य चौकीमा लामो समय सम्म कार्यरतरही हालै सेवा निबृत तारा सापकोटा,सितापुर मा वि का शिक्षकहरू क्रमश लिलाकान्त न्यौपाने,बिष्णु पाण्डे, सितापुर मा वि का शिक्षक अभिभावक संघ सदस्य घनश्याम गौतम लगायतको बिशेष उपस्थिति रहेको थियो।

उपाध्यक्ष हिमबहादुर बि क को स्वागत मन्तब्य, अन्तराष्ट्रिय समन्वय समितिको सहसंयोजक खिम खरेलको प्रमुख आतिथ्यता,सचिब नरेश राज खरेलको संचालन तथा अध्यक्ष रामकृष्ण कंडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको