सुनको मूल्य तोलामा रु ३०० ले ओरालो लाग्यो

युनिक खवर✍️

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ३०० ले ओरालो लागेको छ । तोलामा नै रु एक हजार १०० ले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु ८९ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन मङ्गलबार तोलामा रु ९० हजार १०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा रु ८९ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन मङ्गलबार तोलामा रु ८९ हजार ६५० मा कारोवार भएको थियो । यस्तै चाँदी आज तोलामा रु १५ ले घटेको छ ।रु एक हजार ३६० मा मङ्गलबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३४५ मूल्य निर्धारण भएको छ ।

Related Post
डा. बाबुराम भट्टराई : शान्त छोरा, उत्सुक पिता

डा. बाबुराम भट्टराई : शान्त छोरा, उत्सुक पिता

दुई घन्टा हिँड्नुपथ्र्यो, स्कुल पुग्न । त्यसैले उसलाई मैले भाडा लिइदिएरै राखिदिएँ, भतिजसँगै,’ बाबुरामको पढाइबारे उनले भने, ‘दसैँमा दुई महिना बिदामा घर आउँदा पनि ऊ वस्तुभाउ चराउने वेला किताब सँगै लान्थ्यो, पढिरहन्थ्यो ।

किताब पढ्नुको फाइदा

किताब पढ्नुको फाइदा

१, गरिब, दुःखी, बिरामी, बृद्ध-बृद्धा, भिखारीहरुमा पनि मान्छेहरू देखिन थाल्छन् !२, बन्दुक र चक्कु भन्दा खतरनाक हतियार जिब्रो र शब्द हो भन्ने बुझिन्छ !३, आखिरमा चोरले किन चोरी गर्छ भन्ने बुझिन्छ !