गाईगाेरु रातभरि खेदेर गुल्मीको रिडी बजारमा

कृष्ण अन्जान
पवित्र रुरुधाममा छाडा छाडिएका गाई गाेरुकाे हरिविजाेग देख्न नसकेर सामाजिक अभियन्ता हरुकाे प्रयासमा रुरु गौसेवा आश्रम निर्माण कार्य सम्पन्न भई गाईगाेरु सँरक्षण गर्ने अभियान शुरु भएकाे छ ।
लण्डनमा बस्नु हुने यसैक्षेत्रकी चेलि राजु राणा मल्लकाे अगुवाईमा निर्माण गरिएकाे याे गौसेवा आश्रमकाे शुरुवातले गाई गाेरुकाे सँरक्षण त भएकाे छ नै रुरुधाममा गाईगाेरु र मानव विचकाे कटुता अन्त्य हुने विश्वास गरिएकाे छ ।
गाउँ घरमा थन तान्दा सम्म तानेका गाई बुढा हुँदा सम्म जाेत्ने गाेरु लाई रिडीबजारमा लगेर रातारात छाड्ने मानसिकताका कारण पनि रुरुधाम पछिल्लो चरणमा गाई गाेरुकाे डम्पिङ साईडमा परिणत भएकाे थियाे ।
उन्मत्त बन्दै स्थानिय व्यापारीले बेच्न राखेका फलफुल तरकारी र यहाँ सम्मकि पसलका खाद्दान्न खाईदिएर गाईले हैरान पारेका थिए ।
यसै गरि कुसेनी बँगाला एक्लेपिपल विष्णुपँजर रातामाटा लगाएतका ठाउँहरुमा किसानले लगाएका अन्नपात बालिनालि खाएर उत्पात मच्चाएपछि किसानहरुकाे झाेँकमा गाई गाेरु पर्ने गरेका थिए ।
ढुवानिका र सवारीका साधनहरुकाे ठक्कर बाट पनि रुरुधाममा कति गाई गाेरुले ज्यान पनि गुमाए र कति घाईते भए ।
घाईते गाई गाेरुकाे दुर्दशा देखेर कति पटक आफुले प्राथमिक उपचार सँगै मलम पट्टि गरेकाे रिडी माध्यमिक विध्यालयमा कक्षा नौमा पढ्ने सुजल रायमाझि भन्छन ।
रगतै पच्छे भएर आएका गाई गाेरु देख्दा दया लागेर आउँछ सुजल भन्छन ।
रुरु गौ सेवा आश्रममा यतिवेला करिब सत्तरी गाईगाेरु सँरक्षित छन ।अभियन्ता हरु ले अधिकाँश गाईहरु गौ सेवा आश्रममा पुर्याएकाे बताएपनि रुरुधाम क्षेत्रमा उत्तिकै मात्रामा छाडा गाई गाेरु देखिएकाे रिडीबजारका अजित श्रेष्ठले बताए ।फेरी बजारक्षेत्रमा गाई गाेरु आएका छन कहाँबाट आउँछन रातिराति गाउँ गाउँबाट खेदेर ल्याएकाे सुचना पाएका छौँ निगरानी गर्नु पर्ने देखिन्छ श्रेष्ठले बताए ।
रिडीधाममा गाईकाे समस्या जस्ताकाे तस्तै छ ऋषिकेश मन्दिर परिसरमा छाडा गाई जतिपनि छन गायत्रि धाममा बस्ने धनपति पाण्डेले भन्नु भयाे ।
हामीले पनि गाई ल्याएर रिडीमा छाड्ने गरेकाे खवर त सुनेका छौँ नियन्त्रणका लागि निगरानी बढाइने रिडी इलाका प्रहरी कार्यालयका ईन्चार्ज समेत रहनु भएका प्रहरी निरिक्षक शुभ राज बमले भन्नु भयाे ।
छाडा गाई गाेरुकाे समस्या समाधान का लागि गौसेवा आश्रमकाे कार्य सह्राहनिय छ तर समुदाय जिम्मेवार बन्नु पर्छ ।गौसेवा आश्रम मा निश्चित सँख्यामा गाई सँरक्षणकाे व्यवस्था छ तर जस्ले जहाँबाट पनि रातिमा गाई गाेरु खेदेर रुरुधाममा ल्याउँदा समस्या झन थपिने हुँदा समुदाय रुरुधाम बासि स्थानीय तह र प्रहरीकाे समन्वयमा रातिमा गाई गाेरु खेदेर ल्याउने हरुलाई निगरानी गर्दै कारवाहिकाे दायरामा ल्याउनु पर्ने हुन्छ ।