पूरा भएको चिनियाँ पौडी खेलाडीको सपना

जुलाई ३० तारिख टोकियो ओलम्पिक खेलकूदको पुरुष २०० मिटर व्यक्तिगत पौडी फाइनलमा २७ वर्षीय चिनियाँ खेलाडी वाङ शुनले १ मिनेट ५५ सेकेण्डमा स्वर्ण पदक जितेका छन्। उनले आफ्नो ओलम्पिक स्वर्ण पदक सपनालाई पूरा गर्नुका साथै अमेरिकी खेलाडीद्वारा सन्२००४ एथेन्स ओलम्पिक खेलदेखि यता यस प्रतियोगितामा सिर्जना गरिएको १७ वर्षको एकाधिकारलाई तोडेका छन्।

वाङले ओलम्पिक खेलकूदमा भाग लिएको यो तेस्रो ओलम्पिक खेलकूद हो। सन् २०१२ लण्डन ओलम्पिकको शून्य पदकबाट सन् २०१६ रियो ओलम्पिकको कांस्य पदकसम्म जितेका उनले हाल टोकियो ओलम्पिक खेलकूदको सर्वच्च पोडियममा उभिँदा वाङको मानसिकता परिवर्तन भएको छ। उनका अनुसार एक अभ्यासको विचार लिँदै लण्डन ओलम्पिकमा सहभागी भएका थिए। रियो ओलम्पिकमा खेलाडी साथीले पदक जितेको हेर्दै आफूले पनि पदकका लागि प्रयास गर्न उनलाई मन लाग्यो। यस टोकियो ओलम्पिकमा उनले कसैसँग तुलना गरेका छैनन भने आफ्नो प्रदर्शनलाई ध्यान दिएका छन्। चिनियाँ पौडी खेलाडी समूहमा उमेर सबैभन्दा बढी भएका सदस्यको रुपमा वाङले आफ्नो द्दढ भावनाले सबै चिनियाँ पौडी खेलाडीलाई प्रोत्साहन गर्नसक्ने आशा व्यक्त गरेका छन्।

Related Post
बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

खेलको सुरुवाती समय दुवै टोलीले विपक्षी हाफमा बल पोसेसन बनाउँदै आक्रमण बुन्न खोजेपनि पोस्टमा प्रहार हुन सकेन । छैटौं मिनेटमा थियागोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयास पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।