स्वास्थ सामग्रीकाे अभाव हुन नदिने प्रयास

कृष्ण अन्जान✍

काेभिडकाे बढ्दाे सक्रमणकाे जाेखिमबाट बच्न सँक्रमणकाे चेकजाँचमा सहजताका लागि आवस्यक कीटकाे अभावबाट नहाेस भन्ने उद्देश्यले रुरु प्रथमिक स्वास्थ केन्द्र रिडीलाई मँगलबार एक कार्यक्रमका बिच एन्टिजेन परिक्षण कीट प्रदान गरिएकाे छ ।

पाल्पा जिल्ला रैनादेवि गाउँ पालिका वडा न १ का बडध्यक्ष साेमबहादुर दर्लामिले २८ थान एन्टिजेन परिक्षण कीट रुरु प्राथमिक स्वास्थ केन्द्रलाई केन्द्रका व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका रुरुक्षेत्र गाउँ पालिका वडा न १ का अध्यक्ष रामलाल विश्वकर्मा मार्फत हस्तान्तरण गर्नु भएकाे हाे ।

हस्तान्तरित कीट बुझ्दै रुरु प्राथमिक स्वास्थ केन्द्रका प्रमुख डा विकास पन्थीले सहयाेगका लागि धन्यवाद ज्ञापन गर्नु भयाे ।

स्वस्थ केन्द्रमा स्वास्थ सामाग्रीकाे अभाव हुन नदिन आफ्नाे प्रयास जारी रहेकाे बताउनु हुँदै रुरु १ का वडाध्यक्ष समेत रहनु रुरु स्वास्थ केन्द्र व्यवस्थापन समितिका अध्यक्ष रामलाल विक ले स्वास्थ सामाग्री हरु प्राप्त हुने क्रम जारी रहेकाे र कीट सहयाेग गर्नु हुने छहरा रैना देवि गाउँ पालिका १ का वडाध्यक्ष साेम बहादुर दर्लामीलाई धन्यवाद दिनु भयाे ।

तीन जिल्ला र दुई प्रदेशकाे सँगममा रहेकाे रुरु प्राथमिक स्वास्थ केन्द्रमा पछिल्लाे पटक अत्यधिक बिरामीकाे चाप हुने गरेकाे छ ।

एकातिर नियमित चेकजाँच र काेभिडकाे इन्टिजेन चेक हुने भएकाले पनि याे स्वास्थकेन्द्र मा भिडभाड बढेकाे छ ।

दैनिक दुई बजेपछि काेभिडकाे एन्टिजेन चेक हुने र त्यसअघि स्वास्थ विमाका कारणले बिरामीकाे सम्हालि नस्क्नु भिड र चिकित्सक एक जना मात्र हुँदा समस्या रहेकाे समितिका अध्यक्ष रामलाल विकले बताउनु भयाे ।

Related Post
लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

प्रदेश नं ५मा पहिलोपटक यो मेसिन संचालन गरिएको हो ।मेशिनको उद्घाटन अवसरमा मन्त्री बरालले ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।परिक्षणको लागि धेरै दिन कुर्नुपर्ने वाध्यताले धेरै सर्बसाधरण हरू हैरान र दिक्क भएको समाचार हरू बाहिर आई रहेका थिए।

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुव्र्यवहार प्रति ध्यानाकर्षण भएको