गुल्मीका करिव ३ हजार बिद्यार्थीलाई झोला सहित शैक्षिक र स्वास्थ्य सामाग्री बितरण

टोपलाल अर्याल✍

गुल्मी । चाइना फाउण्डेशनको सहयोगमा राष्ट्रिय अपाङ पुर्नस्थापना समाज काठमाण्डौले गुल्मीका १९ बिद्यालयका बिद्यार्थीहरुलाई झोलासहितको सामग्री वितरण गरेको छ । चाइना फाउण्डेशनले इस्माको कोभिड अस्पताललाई ३ लाख बराबरको २ थान अक्सिजन कन्सन्टेटरसहित पालुखा मावी, ठाढुङा मावि र सुन्तला देवि निमाबीका बिद्यार्थीलाई झोला प्रदान गरेको छ । शुक्रबार राष्ट्रिय अपाङ पुर्नस्थापना समाज र गुल्मेली सहयोगी हातको टोलीले गुल्मी दरवार गाउँपालिकाको राजा रुन्खादह मावि र धुर्कोट गाउँपालिकाको भगवति माविका बिद्यार्थीलाई झोला प्रदान गरेको राष्ट्रिय अपाङ पुर्नस्थापना समाजका प्रतिनिधी कृष्ण प्रसाद ढकालले जानकारी दिए ।

त्यस्तै मदाने गाउँपालिकाको म्यालपोखरी मावी, शारदा मावी, रियाले मावी, नुमना प्रावी, खन्यूखर्क प्रावी, हर्रे प्रावी, शिवालय प्रावी, तिनधारे प्रावी र सिर्सनी निमावीका बिद्यार्थीहरुलाई झोला वितरण गरिएको हो । यसैबिच मदाने गाउँपालिकाकै सिदार्थ निमावी, सिद्धपोखरी प्रावी, सुर्योदय मावी, देउराली प्रावी र कमेर पोखरी मावीका बिद्यार्थीहरुलाई झोला वितरण गरिएको ढकालले बताए । १९ बिद्यालयका करिव ३ हजार बिद्यार्थीहरुको लागि एक करोड १७ लाख बराबर झोला प्रदान गरिएको राष्ट्रिय अपाङ पुर्नस्थापना समाजले जनाएको छ । प्रति बिद्यार्थी टिफिन, बोत्तल, कलर, स्वास्थ्य सामग्रीसहित करिव ४ हजारको झोला प्रदान गरिएको गुुल्मेली सहयोगी हातका कोषाध्यक्ष रमेश काउछाले जानकारी दिए । झोला सहितको सामग्रीका लागि पुर्व मन्त्री गोकर्ण बिष्टले केन्द्रिय स्तरमा पहल गरेका थिए ।

कक्षा ८ सम्मका सवै बिद्यार्थीहरुका लागि झोला प्रदान गरिएको हो । इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले विभिन्न बिद्यालयका बिद्यार्थीहरुलाई झोला वितरण गर्ने र पहल तथा समन्वय गर्ने सवैलाई आभार प्रकट गरे । उनले स्थानीय तहहरुले पनि बिद्यालयको पुर्वाधार विकाससंगै शिक्षामा गुणस्तर कामय गर्न विभिन्न कामहरु गरिरहेको बताउँदै गैर–सरकारी संस्थाहरुको सहयोगले अझै उर्जा प्राप्त भएको बताए । राष्ट्रिय अपाङ पुर्नस्थापना समाजका प्रतिनिधी कृष्ण प्रसाद ढकालले सरकारी बिद्यालमा बिद्यार्थीहरुको आकर्षण बढाउन पुर्व मन्त्री गोकर्ण बिष्टको केन्द्रिय स्तरको पहलमा थुप्रै गुल्मेली बिद्यार्थीहरुलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।

त्यस्तै गुल्मेली सहयोगी हातका सचिव बिमल घिमिरेले झोला वितरणपछि कोभिडले लामो समय बिद्यालय बन्द बिक्षिप्त बनेका बिद्यार्थीहरुका उर्जा पलाएको बताए । उनले जिल्लाको बिपद्मा मात्रै नभएर सहयोगी हातहरुले शिक्षाको क्षेत्रमा पनि समन्वय गर्न पाएकोमा खुसी व्यक्त गरे । झोला वितरणको समन्वय गर्न सहयोगी हातका अध्यक्ष लिला खरेल, सचिव बिमल घिमिरे, कोषाध्यक्ष रमेश काउछा, सदस्य शुशिल कुमार भट्टराईसहितको टोली गुल्मी आएको थियो । टोलीले जिल्लामा आफुहरुको गरेको सहयोगको सदुपयोगका बिषयमा सरोकारवालासंग छलफल तथा अन्तरक्रिया र अवलोकन गरेको गुल्मेली सहयोगी हातका सदस्य शुशिल कुमार भट्टराईले बताए ।

Related Post
लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

प्रदेश नं ५मा पहिलोपटक यो मेसिन संचालन गरिएको हो ।मेशिनको उद्घाटन अवसरमा मन्त्री बरालले ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।परिक्षणको लागि धेरै दिन कुर्नुपर्ने वाध्यताले धेरै सर्बसाधरण हरू हैरान र दिक्क भएको समाचार हरू बाहिर आई रहेका थिए।

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुव्र्यवहार प्रति ध्यानाकर्षण भएको