नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण विष्ट वामीटक्सार आउँदै

रामकृष्ण कंडेल,युनिक खवर✍️
नेकपा एमालेका केन्द्रिय सचिव तथा गुल्मी क्षेत्रनं २ का संघिय सांसद गोकर्ण विष्ट आज वामीटक्सार आउँदै हुनुहुन्छ।एमाले मुसिकोट नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेले आफ्नो निवासमा आयोजना गरेको यज्ञमा सहभागिहुन तथा यस क्षेत्रको बिकास कार्यबारे जानकारी लिन सांसद बिष्ट वामीटक्सार आऊदैहुनुहुन्छ।आज बिहान करिब १०ः३० सम्म सांसद बिष्ट वामीटक्सार रहने बताईएको छ।
सांसद बिष्ट यतिखेर नेकपा एमाले गण्डकी प्रदेश ईन्चार्जको भुमिकामा रही गण्डकी प्रदेशका प्रत्येक जिल्लामा आयोजना गरिएका पार्टी कार्यक्रमहरूमा ब्यस्त देखिनुभएको छ।’आज बिहान निसीको कार्यक्रममा सहभागी भई वामीटक्सार आऊछौ र वामीटक्सारको भेटघाट पश्चात बाग्लुड० को गल्कोटमा आयोजित कार्यक्रममा जानुछ’युनिक खवर संगको कुराकानीमा सांसद बिष्टले बताऊनुभयो।