कांग्रेसको मुसिकोट नगर सभापति पदको लागि मोहन घिमिरे को उमेदवारी घोषणा

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गतको नगर अधिवेशनमा आफूले मुसिकोट नगर कार्य समितिको सभापति पदमा उम्मेदवारी दिन गैरहेको पार्टी का वर्तमान नगर सचिब मोहन घिमिरेले जानकारी दिनुभएको छ l आज सामाजिक सञ्जाल फेसबुक मार्फत आफूले आसन्न निर्वाचनमा नगर सभापतिमा उम्मेदवारी दिन गइरहेको र आफूलाई विजयी गराउन को लागि पार्टीका सम्पूर्ण नेता-कार्यकर्ता हरुको समक्ष सहयोगको अपेक्षा गर्नुभएको छ l आफ्नो फेसबुक वाल मार्फत घिमिरेले भन्नुभएको छ “नेपाली कांग्रेस मुसीकोट गुल्मी को आसन्न प्रथम नगर अधिवेशनमा नगर सभापति पदमा मेरो उम्मेदवारी रहनेछ l” 

नगर सचिव घिमिरेले भन्नुभएको छ “अग्रजको सम्मान,युवाहरुको  क्रियाशीलता र आम नागरिकहरूको पार्टी प्रति सकारात्मक चिन्तन लाई सिरुपर गरी समृद्ध मुसिकोटको लागि सबल कांग्रेस निर्माणमा अनवरत रुपले लाग्ने प्रण गर्दछु”

सचिव घिमिरेले आसन्न नगर अधिवेशन मा आफू लाई सभापति पदको उम्मेदवारी घोषणा गरे पश्चात आज उहाँका सयौं शुभ-चिन्तकहरुले सफलताको लागि देश विदेश बाट शुभकामना लेख्नु भएको छ l 

मुसिकोट नगर अधिवेशनमा पार्टीको तर्फबाट सभापतिमा कति जनाको उम्मेदवारी पर्ने हो त्यो समयले नै बताउँला तर सचिव घिमिरे युवा तथा जुझारु परिपक्क नेता भएको हुनाले घिमिरेको सभापति पदको उम्मेदवारी घोषणा लाई अर्थपूर्ण रुपमा हेरिएको छ l 

सचिव घिमिरेले पटक-पटक पार्टी केन्द्रले महाधीबेशन को मिति सार्ने गरेकोमा विरोध समेत जनाउनु भएको छ l केही समय पहिले फेसबुक वालमा आफ्नो असहमति व्यक्त गर्दै घिमिरेले भन्नुभएको थियो “अधिबेसनको मिति पटक पटक सार्ने, कार्यकर्तालाई भ्रम र अन्योलमा राख्ने, अधिबेसन तयारीको लागि कार्यकर्ता तहबाट भएका सबै तयारी र खर्चलाई बेवास्ता गर्ने, केन्द्रका नेताको स्वार्थ अनुकुल कांग्रेस जस्तो लोकतान्त्रीक पार्टीको संगठनात्मक एकतामाथी पटक पटक प्रहार गर्ने कामले कांग्रेस मात्र होईन; समग्र देश र लोकतान्त्रीक शासन पद्दतीलाई नै स्खलित बनांउदछ। नेतृत्वका यी र यस्ता कदमहरु लाई रोक्ने महत्वपुर्ण जिम्मेवारी र दवाव सृजना गर्ने माध्यम पार्टिको जिल्ला कार्य समिती नै हो। यथोचित समयमा पार्टिको अधिबेसन नगरि कार्यकर्ताको मिहनेत, श्रम र समयको सम्मान गर्न पार्टी नेतृत्व वारम्बार चुकिरहदा आउन सक्ने प्रतिकुल नतिजाले सिङ्गो पार्टीलाई नै नोक्सान पुर्याउने निश्चित छ”

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।