ब्रह्माण्डीय महायज्ञ सहयोगार्थ गुल्मीको वामीटक्सारमा समिति गठन

रामकृष्ण कंडेल,वामीटक्सार✍️

सर्वसिद्धिधाम पञ्चकोट बाग्लुङ मा आयोजना गरिएको ब्रह्माण्डीय महायज्ञ २०८० लाई सफल बनाऊनका लागि गुल्मीको वामीटक्सारमा समाजसेवि गोपिकृष्ण खरेल को संयोजकत्वमा समिति गठन गरिएको छ।रूद्रावती क्याम्पसमा आयोजित भेलाले खरेलको संयोजकत्वमा १३ सदस्यिय प्रचार प्रसार तथा सहयोग समिति गठन गरिएको हो। समितिमा संयोजक गोपिकृष्ण खरेल,सदस्यहरूमा क्रमश रामकृष्ण कंडेल,नारायण सापकोटा,कल्पना घिमिरे,भक्तिराम सापकोटा,गजाधर सापकोटा,डिलाराम खरेल,पंण्डित श्याम चालिसे,उमानन्द सापकोटा,तिलाराम सापकोटा,यमभक्त खरेल,चन्द्र घर्ती,कृष्ण प्रसाद सापकोटा रहनुभएको छ।

सर्वसिद्धिधाम पञ्चकोट बाग्लुङ मा आयोजित ब्रह्माण्डीय महायज्ञमा फागुन १५ गतेदेखि २३ गतेसम्म प्रत्येक दिन दिवा २ बजे देखि ४ बजे सम्म विभिन्न राष्ट्रिय सम्मेलन हुने बताईएको छ।उर्जा विकास, शिक्षा प्रणाली,न्यायिक पद्धति,आत्मनिर्भरतामुखि कृषि, अर्थतन्त्रको विकास, समावेशीताको सिद्धान्त, समाजसेवा र समाजसेवीको प्रभावकारिता,पत्रकारिता, सुशासन लगायतका विविध पक्षमा राष्ट्रिय विकास सम्मेलन हुने भागवत प्रपण्यचार्य मुमुक्षु ऊध्दब शर्माले बताऊनुभयो।

महायज्ञमा सवा ५ करोड दीप प्रज्ज्वलन हुने समेत शर्माले बताऊनुभयो।भागवत प्रपण्यचार्य शर्मा ले भेलामा उपस्थितहरू लाई संबोधन गर्दै यस महायज्ञ लाई सफल बनाऊनको लागि मुसिकोटबासी ले देखाऊनुभएको उत्साहाप्रती आभार ब्यक्त गर्नुभएको थियो।

कार्यक्रममा नगरप्रमुख जिवलाल खरेल जीवन,उपप्रमुख गंगा श्रेष्ठ, प्रमुख प्रसाशकिय अधिकृत बिनोद कॅुवर,स्वास्थ्य शाखा प्रमुख डि बी जि सी,पुष्कर गौतम को बिशेष उपस्थिति रहेको थियो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको