चीनको अर्थतन्त्र दीर्घकालीन रूपमा राम्रो हुँदैजाने प्रवृत्ति देखापरेको

सन् २०२१ को तेस्रो त्रैमासिक अवधिमा चीनको राष्ट्रिय गार्हस्थ्य आर्थिक वृद्धि दोस्रो त्रैमासिक अवधिभन्दा कम भए तापनि चीनको अर्थतन्त्र दीर्घकालीन रूपमा राम्रो हुँदैजाने प्रवृत्ति देखा परेको जानकारी चीनको राज्य परिषद प्रेस कार्यालयले अक्टोबर १८ तारिख दिएको छ।

चालू वर्षको उत्तरार्धमा चीनको अर्थतन्त्र स्थिर रूपमा विकसित भइरहेको छ। तेस्रो त्रैमासिक अवधिमा प्रवेश भएपछि स्वदेश र विदेशमा खतरा र चुनौती बढ्नुका साथै विश्वव्यापी महामारी फैलिएकोले विश्वको आर्थिक पुनरूत्थान मन्द बन्न गएको जानकारी चीन राष्ट्रिय तथ्याङ्क व्यूरोका प्रेस प्रवक्ता फु लीङह्वीले दिनुभएको छ।

चीनको आर्थिक अवस्था दीर्घकालीन रूपमा राम्रो बन्दैजाने प्रवृत्ति देखा परेको र निहित शक्ति ठूलो बनेको छ। तापनि अन्तर्राष्ट्रिय परिस्थिति अस्थिर र चीनमा आर्थिक पुनरूत्थान अलिकति अस्थिर र असन्तुलित भएको अवस्था छ। आउने चरणमा विकासको नयाँ परिस्थितिको निर्माण गर्दै समष्टिगत नीतिको समन्वयनको कार्यान्वयन गर्दै आर्थिक स्थिरतालाई अघि बढाएर अर्थतन्त्रलाई उचित परिधिमा कायम राख्दै जाने पनि फुले बताउनुभएको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको