मन्दिरका कुरा

गणेश श्रीपाली✍

मन्दिरका कुरा:

आजभोलि जता घुम्यो त्यतै नयाँ नयाँ मन्दिर बनाएको देख्छु । टोल टोलमा नयाँ मन्दिर बनाउने माग बढ्दो छ । यो कुराले आध्यात्मकता बढेको हो या मानिस आतंकित भएको कुरालाई संकेत गर्छ । आध्यात्मिकता, आशा र भय जेसुकैले भए पनि मन्दिरहरुको व्यवस्थापन सोचनीय भएको छ । नयाँ र पुराना मन्दिरको राम्रो स्याहार गर्न सकिएको छैन । दैनिक खुल्ला रहने र पूजाआजा हुने मन्दिर कमै भेटिन्छ । प्राय मन्दिर बन्द हुन्छन । सरसफाइ र स्याहार नभएर धेरै मन्दिर

उपेक्षित देखिन्छ । पुराना मन्दिरलाई आधुनिकीकरण र सौन्दर्यकरणका नाममा पुरातात्विक महत्व समाप्त पारिएको छ । सिमेन्ट, टायल, फलाम प्रयोगले ऐतिहासिकता र स्थानीयता दुर्लभ भएको छ । प्राय मन्दिरमा शुद्धता कायम गर्न कसैलाई पनि प्रवेश र पूजा गर्न नदिइ पुजारीको एकाधिकार तोक्ने प्रपन्च भएको देखिन्छ ।

पुराना मन्दिरहरुलाई उचित व्यवस्थापन गरौ । ती मन्दिरको मौलिकता जोगाऔ । नयाँ बनाउनै परे संचालनको उचित प्रवन्ध हुने गरी स्थानीय सामग्री र प्रविधिको प्रयोग गरेर बनाऔ । मन्दिरमा सबै हिन्दूहरुलाई प्रवेश र पूजाआजामा सहज बनाऔ । नजिकै मन्दिर बनाउनले रहरमा मन्दिरकै हरिबिजोग नबनाऔ । आस्था र विश्वास राखौ तर नयाँ मन्दिर मात्रै बनाएर मनोकांक्षा पूरा हुने अन्धविश्वास नराखौ ।

(लेखक श्रीपाली ने क पा एमाले गुल्मीका युवा नेताको रुपमा परिचीत हुनुहुन्छ)

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको