३३ केजी सुनकाण्ड : भोजे मामा भन्ने भोजराज भण्डारी पक्राउ

३३ किलो सुन तस्करीमा फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। भोजे मामा भन्ने भोजराज भण्डारीलाई शुक्रबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले बताए। 

उनीविरुद्ध सुनकाण्डमा संलग्न रहेको अभियोगमा जिल्ला अदालत मोरङबाट म्याद जारी भएको थियो। अपराधिक समूह स्थापना र संचालन गरी सुन अवैध चोरी पैठारी र अवैध कारोबार गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो। 

पुरानो बानेश्वर चोक नजिकबाट पक्राउ परेका उनीविरुद्ध अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दा पनि चलाइने भएको छ। 

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।